चार धाम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चार धाम

Badrinath temple.jpgRameswaram Gopuram.jpgDwarkadheesh temple.jpgTemple-Jagannath.jpg

बद्रीनाथरामेश्वरम
द्वारकाजगन्नाथ पुरी

चार धाम हिन्दूहरूको लागि अत्यन्त पवित्र स्थल हुन जुन भारतको भिन्न भिन्न राज्यमा स्थित मन्दिर तथा तीर्थस्थल हुन । ति धामहरू हुन:

चार धाम हिन्दूहरुको श्रद्धेय तथा धार्मिक महत्व राखेको ठाउँको नाम हो : बद्रीनाथ,द्वारका, पुरी र रामेश्वरम । हिन्दु शास्त्र तथा बेदका अनुसार एउटा मनुष्यले आफ्नो जीवनकालमा चार धामको भ्रमण गर्नु उपयुक्त मानिन्छ । आठौँ शताब्दीमा जन्मेका हिन्दू धर्मका जगतगुरू आदी शंकाराचार्य द्वारा माथी उल्लेखीत स्थानहरूलाई हिन्दूहरूका चार धामको रूपमा नामांकन गरेका थिए ।[१])


क्रमानुसार चार धाम[सम्पादन गर्ने]

हिन्दू धर्ममा समयको एक ठूलो युग चक्र रहेको छ जसलाई चतुर युग भनिन्छ । यस अनुसार अहिले सम्म चार युग भएका छन् ।

  • सत युग - १६ लाख बर्ष
  • त्रेता युग - १२ लाख बर्ष
  • द्वापर युग - ८ लाख बर्ष
  • कली युग - ४ लाख बर्ष

यो एउटा चक्रमा आधारित रहेको छ जस्तै कली युगको अन्त पश्चात पुन: सत युगको प्रारम्भ हुनेछ । हिन्दू परम्परा अनुसार बर्तमान समयकाल कली युग हो र यसको ५००० बर्ष बितिसकेको छ । चार धामहरु प्रत्येक एक युग सँग सम्बन्धित रहेको छ, सत युगमा बद्रीनाथ, त्रेता युगमा रामेश्वरम, द्वापर युगमा द्वारका तथा बर्तमान समय कली युगमा जगन्नाथ पुरी रहेको छ ।

इतिहास[सम्पादन गर्ने]

चार धामहरु मध्ये "बद्रीनाथ" स्थापित भए जब प्रभु बिष्णुको अवतार नर-नारायणले त्यहाँ तपस्या गरे । त्यतिबेला त्यो ठाउँमा धेरै बयरका रूखहरूले भरिएको थियो । संस्कृत भाषामा तिनीहरूलाई बद्री भनिन्छ ,तसर्थ त्यस ठाउँलाई बद्रि बन भनियो । नर-नारायण बसोबास रहेको त्यो विशेष ठाँउलाई बद्री-नाथ भनियो । यो सबै सत युगमा भयो त्यसैले बद्रीनाथ पहिलो धामको रुपमा चिनिए । दोश्रो महत्वपुर्ण धाम "रामेश्वरम" त्रेता युगमा ख्याती प्राप्त गरेको थियो । श्रीरामले यहाँ शिवको शिवलिंगलाई पुजा गरेको हुनाले यसलाई रामेश्वरम भनियो । श्रीरामलाई हिन्दु धर्म अनुसार प्रभु विष्णु को अवतार मानिन्छ । तेश्रो महत्वपुर्ण धाम "द्वारका" द्वापर युगमा ख्याती प्राप्त गरेको थियो । प्रभु कृष्ण जुनकी प्रभु विष्णुका अवतार मानिन्छन्, वहाँले आफ्नो जन्म निवास मथुराको सट्टा द्वारकालाई आफ्नो कर्मभुमि बनाएको हुनाले यसको बेग्लै महत्व रहेको छ । (श्रोत :हिन्दुहरूको सबै १८ पुराण)

तिर्थस्थलहरुको विवरण[सम्पादन गर्ने]

भौगोलिक रुपमा हेर्ने हो भने चारै धामले भारतको पूर्ण बर्ग बनाएको छ , बद्रीनाथ र रामेश्वरम एउटै देशान्तरमा रहेका छन् भने द्वारका र पुरी एउटै अक्षांशमा रहेका छन् ।

(१) बद्रीनाथ

बद्रीनाथ भारतको उत्तरी राज्य उत्तराखण्डमा स्थित छ । यो अलकनन्दा नदीको तटमा,गढवाल पहाडीमा अवस्थित रहेको छ । यो शहर नर र नारायण पर्वतमाला बीचको निलकण्ठ शिखर (६,५६० मिटर) को छायाँमा रहेको छ ।

(२) रामेश्वरम

दक्षिणमा स्थित रामेश्वरम तमिलनाडु भारतीय राज्यमा अवस्थित छ । यो भारतीय प्रायद्वीपको मन्नारको खाडीमा स्थित छ । पौराणिक हिन्दू कथा अनुसार, यहाँ श्रीरामले, सीता मातालाई रावणको बन्धन बाट मुक्त गर्नका लागि श्रीलंका जानु पर्ने भएको हुनाले एउटा महासेतु निर्माण गरेका थिए त्यहि ठाउँनै रामेश्वरम हो । भगवान शिवलाई समर्पित रामानाथस्वामी मन्दिर रामेश्वरमको एउटा प्रमुख क्षेत्र ओगटेको छ । मन्दिर श्रीरामचन्द्र द्वारा पवित्रा दिइएको हो भन्ने विश्वास रहेको छ । वाराणसीको तीर्थयात्रा रमेश्वरमको तीर्थयात्रा बिना अपूर्ण हुन्छ त्यसकारण रामेश्वरम हिन्दूहरूको लागि महत्वपूर्ण तिर्थस्थल हो । यहाँको प्रमुख देवता रामानाथस्वामीको रूपमा रहेको छ,यो बाह्र ज्योतिर्लिंगहरू मध्ये एक हो ।

(३) द्वारका

पश्चिममा स्थित द्वारका गुजरात, भारतीय राज्यमा अवस्थित छ । यस शहरको नाम संस्कृत भाषाको शब्द द्वार अर्थात ढोका या गेट देखि प्राप्त रहेको छ । यो तिर्थ गोमती नदी जहाँ कच्छको खाडीमा विलीन हुन्छ त्यहाँ नजिक स्थित छ । यो शहर भारतको पश्चिमी भागमा रहेको छ । दिग्गज शहर द्वारका प्रभु कृष्णको निवासस्थान थियो भन्ने विश्वास रहेको छ । समुन्द्र क्षति र विनाशका कारण द्वारका शहर ६ पटक जलमग्न भइसकेको छ र आधुनिक समयमा सातौ पटक यस द्वारका क्षेत्रको निर्माण भएको हो ।

(४) जगन्नाथ पुरी

पुर्वमा स्थित पुरी उडिसा, भारतीय राज्यमा अवस्थित छ । पुरी देशको पूर्वी भागमा सबैभन्दा पुराना शहरहरु मध्ये एक हो । यो बंगालको खाडीको तटमा स्थित छ । यहाँको मुख्य देवता प्रभु जगन्नाथको रूपमा श्री कृष्णलाई मानिन्छ ।

सन्दर्भ सामीग्री[सम्पादन गर्ने]

  1. Char Dham of Garhwal India, by Joe Windless, Sarina Singh, James Bainbridge, Lindsay Brown, Mark Elliott, Stuart Butler. Published by Lonely Planet, 2007. ISBN 1-74104-308-5. Page 468.