चितवन जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चितवन जिल्ला
Chitwan district location.png
अञ्चल: नारायणी अञ्चल
सदरमुकाम: भरतपुर
क्षेत्रफल: २,२३८ वर्ग कि.मि.
जनसंख्या: ५,२७,२७८
गाविस संख्या: ३६
नगरपालिका(हरू): भरतपुर नगरपालिका, रत्ननगर नगरपालिका
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाडी प्रदेश, भित्री मधेश
सबै भन्दा अग्लो स्थान: - मिटर
सबै भन्दा होचो स्थान : - मिटर
प्रमुख जातिहरू: गुरुङ, बाहुन, क्षेत्री, नेवार, थारू, दराई,चेपाङ, तामाङ आदि
प्रमुख भाषाहरू: नेपाली, थारू, चेपाङ आदि
मानव विकास सूचाङ्क स्थिति: १२ (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०५६
प्रमुख जिल्ला अधिकारी: -
वेबसाइट: www.ddcchitwan.gov.np
 हे  वा  सं 
चितवन जिल्ला

चितवन जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा नारायणी अञ्चलको पश्चिमी भागमा अवस्थित एक जिल्ला हो । यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा महाभारत पर्वत श्रृङ्खला छ। भरतपुर, नेपालको एक ठूलो बजार र चितवनको सदरमुकाम हो। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूला-ठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणघाट, नारायणी नदीको किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ। उक्त क्षेत्रफलमध्ये ९०८.७९ वर्ग किलोमिटर चितवन राष्ट्रिय निकुञ्जले ढाकेको क्षेत्रफल वाहेक बाँकी क्षेत्रफल १३२९.६० वर्ग किलोमिटरलाई ३६ गाउँ विकास समिति र २ नगरपालिका (भरतपुररत्ननगर नगरपालिका) मा विभाजन गरिएको छ।

उत्पत्ति[सम्पादन गर्ने]

चितवनको नामको उत्पत्तिको बारेमा ३ मुख्य कथा रहेको छ। - पहिले चितवनमा धेरै चितुवा पाइन्थे भनिन्छ अनि चितवनमा चार कोसे झाडी ( वन ) पनि थियो रे जसले गर्दा चितवनलाई चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो। - चितवनको वनमा पहिले चित्री पाईन्थे रे जसले गर्दा चितवनलाई चित्रि-वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो। - चित्र वंशका राजा हरूले चितवनमा राज्य गरेकाले चितवन नामाकरण गरिएको भन्ने पनि किम्बदन्ती रहेको छ .

व्यापार र उत्पादन[सम्पादन गर्ने]

चितवन तोरीको लागि एकदम प्रख्यात जिल्ला हो। चितवनको तोरीको तेल नेपाल भरी बिक्री हुन्छ। चितवनको तोरी सुहाउँदो माटो चितवनको एक बिशेषता हो। Silt प्रकारको माटो चितवनमा रहेको छ। बिगतमा नारायणी खोलाले चितवनको माटो मलिलो बनाएको भुगोलबिदहरूले भन्छन्। चितवनमा तोरी बाहेक धानको पनि राम्रो खेती हुन्छ। गहुँ, मकै र बन्दा, मुला, ब्रोकाउली , काउली, आलु, काँक्रो, फर्सी, गाजर आदिको लागि पनि चितवन प्रख्यात रहेको छ।

देशको जम्मा उत्पादनको ७०% कुखुरा उत्पादन चितवनमा हुन्छ। नयाँ समयमा फुल खेती, च्याउ खेती, मह लगायतका बिभिन्न नयाँ चिजको सुरूवात भ्एको छ।

भुगोल[सम्पादन गर्ने]

चितवनमा धेरै प्रकारका बन्यजन्तु तथा रुख बिरुव पहिन्छन्। गैंडा, बाघ , भालु,निल गाई,सोस्,गोही, आजिङर, चितुवा, चित्री आदी बिभिन्न जातका जनावर चितवनमा पाइन्छ। चितवन राष्ट्रिय निकुन्ज चितवनको एक राम्रो आकर्षण हो।

राप्ती उपत्यका[सम्पादन गर्ने]

नेपालको मध्य भागमा पर्ने चितवन उपत्यकालाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ। पूर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ। दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ। यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन। त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन। त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ। जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन। त्यसै गरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेकाछन। राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदीमा मिल्दछन। चितवन उपत्यकामा नन्द भाउजु, बिस हजारी ताल लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन। य्हाको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो। ठूलो भूभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक बिबिधतामा धनी मानीन्छ। चितवन राष्ट्रिय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाडौं र पोखरा पछि नेपालकै तेस्रो ठूलो पर्यटक गन्तव्य हो।

बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अञ्चल नारायणी र लुम्वीनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुर नामका प्रशासनीक बिभाजनमा परेको छन। पूर्वको हेटौडा बाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरे सम्म कहि चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्वीनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रहेको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेत बारी सिंचित गर्न उपयोग गरीएका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ।

नेपालको पूर्वपश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवास सम्म पर्दछ। हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षिण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वीक्षेत्र हेटौडा हुदै काठमाडौं गएको छ भने उपत्यका लाई काठमाडौं र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा भरतपुर रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन। त्यसै गरी भरतपुर हेटौडा तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक संजालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तिखोर उपरदांग गढी सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तिखोर सडक भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।

सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन। उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालिका भरतपुर,हेटौडारत्ननगर रहेका छन। भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै काठमाडौं,पोखरा,ललीतपुर,विराटनगर,विरगंज तथा धरान पछिको सातौ ठूलो सहर हो।

त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत हेटौडा चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसंख्याका साथमा काठमाडौं,पोखरा,ललीतपुर,विराटनगर,विरगंज धरान भरतपुर महेन्द्रनगर तथा बुटवल पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो। उपत्यकाको तेस्रो केन्द्र रत्ननगर पयर्टकहरूको चितवन राष्ट्रिय निकुन्ज पस्ने प्रवेशद्वार हो।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]