चितवन राष्ट्रिय निकुञ्ज

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
चितवन राष्ट्रिय निकुञ्ज बाघ तथा गैंडाको लागि प्रशिद्ध मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज (चि.रा.नि.) नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो जसको क्षेत्रफल ९३२ बर्ग कि.मी. छ । यो इ.सं. १९७३ मा स्थापना गरिएको हो । यसलाई १९८४ मा बिश्व सम्पदा सूचीमा सूचीकृत गरियो । चि.रा.नि. नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यो निकुञ्ज विशेष गरेर एक सिंगे गैंडापाटे बाघको लागि प्रख्यात छ ।

यस निकुञ्जमा ४३ प्रजातिका स्तानधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातीका जलथलचर तथा घस्रने प्राणीहरू पाईन्छन् । यहाँ पाईने प्रमुख स्तनधारी प्राणीहरूमा मृग, चित्तल, बाँदर तथा लंगूर बाँदर आदि पर्दछन् ।

इ.सं. १९५१ सम्म चितवन उपत्यका तत्कालिन शासकहरूका बिचमा शिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्धार नजिकै को शहर भरतपुर बाट १० कि मी को दुरी मा रहेको छ । यो निकुन्ज को भ्रमण गर्न सडकमार्ग हुदै भरतपुर भएर टाडी बाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन ।


[परिवर्तन्] बाहिरी लिंकहरू

नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरू

खप्तड राष्ट्रिय निकुञ्ज | चितवन राष्ट्रिय निकुञ्ज | रारा राष्ट्रिय निकुञ्ज | शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज | सगरमाथा राष्ट्रिय निकुञ्ज | बर्दिया राष्ट्रिय निकुञ्ज | मकालु-बरूण राष्ट्रिय निकुञ्ज | पर्सा वन्यजन्तु आरक्षण | कोशि टप्पु वन्यजन्तु आरक्षण | शुक्लाफाँट वन्यजन्तु आरक्षण | ढोरपाटन शिकार आरक्षण | अन्नपुर्ण संरक्षण क्षेत्र