चित्रगुप्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चित्रगुप्त हिन्दू सनातन विश्वासमा एक देवताका रूपमा पुज्य देवता हुन् । उनलाई पृथ्विका हरेक मानिसका पाप,धर्म,काम र कर्तव्यको अभिलेख राख्ने देवताको रूपमा चिनिन्छ । मानिसको मृत्यु पश्चात त्यस अभिलेखमा आधारित प्रतिवेदनका आधारमा मृत्यु भएर आएको आत्मालाई स्वर्ग या नर्क कहाँ पठाउने भन्ने निर्णय हुने विश्वास गरिन्छ ।

चित्रगुप्रलाई कायस्हथरुको कुलदेवताको रूपमा पनि मानिन्छ ।

शास्त्रमा[सम्पादन गर्नुहोस्]

यम संहितामा चित्रगुप्तको बारेमा ९वौँ खण्डमा चर्चा गरिएको छ , दश दिक्पाल मध्येका एक यमराज उर्फ धर्मराजले ब्रम्हाको सामु आफूलाई मानिसहरूको पाप र पुण्यको हिसाब किताब राख्न कठिन भएको गुनासो गरेका । तत् पश्चार ब्रम्हा तपमा लिन भएको बेला उनको शरीरबाट चित्रगुप्तको जन्म भएको । ब्रहम्हाको कायाबाट जन्म भएकाले यिनलाई कायस्थ पनि भनिएको विश्वास गरिन्छ ।

पद्म पुराणमा "चित्रगुप्तलाई धर्मराजको साथमा मानिसको पाप र पुण्यको भागिदार हुनको लागि राखिएको छ। चित्रगुप्त प्रकृतिदेखि परको ज्ञान र विज्ञानवाट युक्त रहेका छन् र अग्नि आभुतिमा योग्य रहेका छन् र द्वितिय जन्म लिएकाहरूले उनलाई आफ्नो अन्नबाट केही अंश दानगर्नु पर्छ । उनी ब्रम्हको काया निर्मित हुनाले उनलाई कायस्थ भनिन्छ ब्रम्हाले आफ्ना शरीरमा रहेर पनि दृष्टिगत हुन नसकेकाले उनलाई चित्रगुप्त भनी बोलाए ।" भनि उल्लेख गरिएको छ।