चित्र बहादुर श्रेष्ठ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

माओवादी सभासद् चित्रबहादुर श्रेष्ठ 'मदन' माओवादी केन्द्रीय सल्लाहकार हुनुहुन्छ। ०२२ देखि राजनीतिमा लाग्नुभएका मदन उहाँका काका विष्णुबहादुर श्रेष्ठ कम्युनिष्ट आन्दोलनमा लागेकाले सानैदेखि राजनैतिक प्रभाव परेको बताउनुहुन्छ। उहाँले ०३५मा चौथो महाधिबेसनको सदस्यता लिनुभयो। राजनीतिमा होमिएका मदन ०३९मा पार्टीको जिल्ला समितिको सदस्य बन्नुभयो। लामो समयसम्म किसान फाँटमा काम गर्नुभएका मदन किसान संघको केन्द्रीय अध्यक्ष पनि बन्नुभयो। उहाँ माओवादीको क्षेत्रीय ब्युरो सदस्य पनि बन्नुभयो। र, माओवादीले क्षेत्रीय ब्युरोलाई राज्य समिति बनाइसकेपछि उहाँ राज्य समिति वरिष्ठ सदस्य हुनुहुन्छ। निम्न किसान वर्गीय परिवारमा जन्मनुभएका मदनका ६ दाजुभाइ र ३ दिदीबहिनी हुनुहुन्छ। एसएलसीसम्मको औपचारिक शिक्षा लिनुभएका मदन पार्टीका पाका नेतामा पर्नुहुन्छ।

किसान मजदूरका हक हितलाई सविधानमै सुनिश्चित गराउनु नै उहाँको मुख्य एजेण्डा रहेको छ[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा