चिप्लेकीरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिप्लेकीरा, विभिन्न प्रकारका चिप्लेकीराहरू

चिप्लेकीरा ढाडमा हाड नभएको जीव हो। साधरणतया ढाडमा बाह्य खबटा नहुने अथवा धेरै सानो खबटा हुने मोलस्का परिवारका ग्यास्ट्रोपोड वर्गका जीवहरू चिप्लेकीरा नामले चिनिन्छन्। यही खबटा नहुने कारणले चिप्लेकीराहरूलाई शङ्खेकिराहरूबाट अलग्याएको हो। वैज्ञानिकहरूका अनुसार सबै चिप्लेकीराहरूका वंशज शङ्खेकिराहरूबाट खबटाको आकार घट्दै गएर विकाश भएका हुन्। सतहीरूपमा शरीरको बनावट उस्तै देखिएपनि चिप्लेकीराहरूका विभिन्न प्रजातिहरूको वंशणुगत सम्बन्ध भने त्यति नजीकको छैन। चिप्लेकीराहरू जमीन तथा समुन्द्र दुवैठउमा पाइएपनि साधारणतया जमीनमा पाइने खबटारहित ग्यास्ट्रोपोडहरू चिप्लेकीरा भनेर चिनिन्छन्। जमीनमा पाइने केही चिप्लेकीराहरूका शरीरमा अत्यन्तै सानो आकारको खबटाहरू हुन्छन्, यस्ता चिप्लेकीराहरूलाई अङ्ग्रेजीमा semislugs भनेर चिनिन्छ। यी जीवहरूको विकाश क्रममा अन्य ग्यास्ट्रोपोडहरूको जस्तै भित्री अङ्गहरू बटारिने गर्दछ। चिप्लेकीराहरूको जिऊ अत्यन्तै नरम र चिप्लो खालको हुन्छ। यहि चिप्लोपनाले यसलाई एक स्थानबाट अर्को स्थानसम्म जानलाई सहयोग गर्छ, त्यसैले जमीनमा पाइने चिप्लेकीराहरू आर्द्रता धेरै भएको स्थानमा मात्र हिंडडुल गर्छन् र सुख्खा मौसममा ओशिलो स्थानहरूमा गएर लुक्ने गर्दछन्।

प्रजनन प्रक्रिया[सम्पादन गर्नुहोस्]

Photo of two entwined slugs with milky white translucent material extruding from both
ठूलो खैरो चिप्लेकिराको संभोगको दृष्य
Photo showing a pile of several dozen white balls lying on stone next to small slug
चिप्लेकीराको अण्डा र बच्चा

चिप्लेकीराहरू भाले तथा पोथी दुबै प्रजनन् अङ्गहरू एउटै शरीरमा हुने उभयलिंगी जीवहरू हुन्। प्रजनन स्थान र साथीको छनोट पश्चात यीनीहरू एक अर्कासँग बटारिन्छन् र बाहिर झुन्डिएको भाले प्रजनन अङ्गमार्फत शुक्रकिटको आदानप्रदान हुन्छ। संभोगको केही दिन पछि जमीनमा भएका प्वालहरूमा अथवा कुनै मुढाहरूको मुनि ओशिलो स्थानमा चिप्लेकीराहरूले ३०वटा जति फुल पार्छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]