चुकौनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चुकाउनीबाट अनुप्रेषित)
चुकौनी
प्रकारअचार
परिकारअचार
उत्पत्ति स्थाननेपाल
क्षेत्र वा राज्यपाल्पा जिल्ला, गण्डकी प्रदेश
पकाउन लाग्ने समय २० मिनेट देखि ३० मिनेट
मुख्य सामग्रीहरूउसिनेको आलु, दही, नून,मसला

चुकौनी वा चुकाउनी नेपालको पाल्पा जिल्लामा विकसित गरिएको आलुबाट बनाइने अचारको एक परिकार हो।[१] यसलाई उसिनेको आलुमा दही, प्याज, धनिया र मसला हालेर बनाइन्छ। यो एक लोकप्रिय प्रकारको परिकार हो र मुख्यतया रोटी, सेल रोटी, भात वा बट्टुकसँग खाइन्छ।[२][३]

परिचय[सम्पादन गर्नुहोस्]

यसलाई तातो वा चिसो दुवै प्रकारले खान सकिन्छ। यो थोरै सामाग्रीसँग बनाउन मिल्ने एक सरल पकवान हो।[४][५] यो मुख्यतया आलु र दहीको अचार हो। खास गरी यो नेपालको पश्चिमी क्षेत्रमा प्रचलित अचार हो र यसो सुरुवात पनि पाल्पा जिल्लाबाट सुरु भएको पाइन्छ। पाल्पा लगायत छिमेकी जिल्लाहरूमा जुनसुकै शुभ कार्यक्रम जस्तै पूजा, व्रतवन्ध, विवाह आदिमा यसलाई अनिवार्य स्थान दिने गरिन्छ। वर्तमान समयमा यो अचारको लोकप्रियता छिमेकी जिल्लाहरू जस्तै रुपन्देही,स्याङ्जा, नवलपरासी, अर्घाखाँचीमा समेत फैलिसकेको छ। यहाँ यो आचार प्राय घर, होटेलमा सजिलै पाइन्छ। राजधानय सहर काठमाडौँमा पनि यो आजकल घर तथा होटेलहरूमा बनाउने र खाने गरेको देख्न सकिन्छ। यो अचार अरु भन्दा फरक स्वाद र सबैले रुचाउने भएकोले प्रचलित मानिन्छ।

आवश्यक सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

चुकौनी बनाउने तरिका[सम्पादन गर्नुहोस्]

  • ५०० ग्राम आलुलाई गिलो नहुने गरी साधारण अचारमा जस्तै उसिन्ने र टुक्रा टुक्रा पारेर भाडामा राख्ने ।
  • ४०/५० ग्राम प्याज मसिनो परेर राख्ने, (प्याज नराखेर पनि बनाउन सकिन्छ ), एक चम्चा नून अथवा स्वाद आनुसारको नून राख्ने
  • तोरीको तेल अथवा सूर्यमुखीको तेल २ चम्चा तताउने र २ चिम्टी मेथी कालो हुने गरी तातो तेलमा फुराउने, २ वटा मसिनो हरियो खुर्सानी अथवा स्वाद अनुसार तेलमा फुराउने
  • रातो भइसकेपछि अलिकति २ चिम्टी बेसारको धुलो तेलमा राखेर तुरन्त डढन नपाउदै आलुमा खनाउने (यसलाई झान्ने प्रक्रिया पनि भनिन्छ)
  • अब आधा किलो जति अमिलो दहि त्यसमा राम्रो सँग मोल्ने र अन्तमा धनियाँको पातलाई काटेर माथिबाट छर्कने।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. पोखरेल, लक्ष्मण, "पर्यटक तान्ने पाल्पाको चुकौनी", Sampurna Weekly (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-१६  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-१२ मिति
  2. "Chukauni from Palpa district – Boss Nepal" (en-USमा), अन्तिम पहुँच २०२१-०३-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-१४ मिति
  3. "रैथाने स्वादः यसरी बनाउने पाल्पाली चुकाउनी", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२२-०४-१६ 
  4. "The culture, history and recipe of batuk", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-१०-३१ 
  5. Republica, "Recipe of Chukauni", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-३१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]