चुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चुरा एक प्रकारको गहना हो । चुरा सुन, चाँदि, पित्तल, काँच, प्लास्टिक आदिबाट बनेको हुन्छ । सामान्यतया महिलाहरूले गहनाका रूपमा नाडीमा लगाउने गर्छन् । यी गोलाकार हुन्छन् । यो महिलाहरूको प्रमुख गहना हो । चुरा विभिन्न रंगका पाइन्छन् । यी जडिएका र साधारण दुवै हुन्छन् । हिन्दू परम्पराअनुसार विधवाहरूले काँच वा प्लास्टिकका रंगीन चुराहरू लगाउँदैनन् । चुरालाई चुरी पनि भनिन्छ। तिजमा हिन्दुहरू यसको प्रयोग गर्छन्| तिजमा महिलाहरूले यसलाई नाडीमा लगाउँछन्| तिजको मुख्य पहिरन मध्य एक पहिरनमा हरीयो चुरा पर्छl

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]