चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल
नेपाली विकिपीडियाबाट
नेपालको तराईमा केही भारतिय मूलका उदण्ड मनिसहरूले जातीयता र बर्गको भेदभाव गरि राजानितीक फाइदा लिने उदेश्यले संघर्ष गर्ने तथा पहाडी तथा भुमिपुत्र थारू लगायतका समुदायको मानमर्दन तथा लुटपाटमा संलग्न हुन थालेपछी थारू र पहाडी वर्गको सुरक्षा तथा प्रतिरोध गर्न चुरेभावर राष्ट्रिय एकता समाज खोलिएको हो ।
यसलाइ पछी निर्वाचन आयोगले चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालको रूपमा दर्ता गर्यो । यो पार्टी धर्म जाति निरिपेक्ष हो र मुख्यतया मध्य नेपालको बाहिरी तराईको पर्सा, बारा, रौतहट,सर्लाही, महोतरी, धनुषा, सिराहा, सप्तरी र सुनसरी जिल्लाका थारू तथा पहाडीया बसोबासका क्षेत्र महेन्द्र राजमार्ग बाट पांच सात किलो मिटर तल सम्म र त्यहादेखी चुरे पहाडसम्म चुरेको भावर क्षेत्रमा सक्रिय रहेको छ । साथै भित्री मधेसको कमला तथा मरिन खोला उपत्यका (सिन्धुली तथा उदयपुर जिल्ला) मा पनि यो पार्टीको राम्रो पकड रहेको छ । यो पार्टीका अध्यक्षमा केशव प्रसाद मैनाली रहेका छन भने उपाध्यक्षमा बाबु थापा रहेका छन । यो पार्टीको हाल सम्म एक मात्र भातृ संगठन स्वयं सेवक संगठन रहेको छ ।