चेर्दुङ डाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चेर्दुङ डाँडा दोलखा जिरीको उत्तरी भेगमा रहेको अति नै सुन्दर रमणिय ठाउँ हो । यो ठाउँ समुद्रि सतह देखि ३६,०० मिटार उचाईमा रहेको छ । चेर्दुङ डाँडाबाट गौरीशंकर हिमाल,तामेडाँडा,हनुमन्ते डाँडा,सिगटि,जिरिबजार,पिके डाँडा,शैलुङ डाँडा,सगरमाथा हिमाली,रोल्वलीङ हिमश्रृङ्खला,काठमाडौँ उपत्यका,कालिन्चोक भगवती जस्ता अनेकौ रमाईलो दृश्य प्रत्यक्ष अवालोकन गर्न सकिने ठाउँ हो । चेर्दुङ डाँडा जानका लागि जिरी बजारबाट ४ घण्टाको समय लाग्छ । जिरी बजारबाट उकालो चढ्दै रमाईलो गाउँ बोत्ले,सालङदिङ,दोलाङ्सा,पटसे,क्याङ पोखरी हुदै चेर्दुङ डाँडा पुग्न सकिन्छ । चेर्दुङ डाँडा जाने क्रममा लाली गुराँस,चरचुरुङ्गीको आवाज श्रवन गर्दै उकालो चढ्दाको छुट्टै आनन्द लिन सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]