चे ग्वेभारा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यदि यो लेखमा तपाईंको योगदान छ भने यसलाई नेपाली भाषामा उल्था गर्नुहोला।
एक महिनासम्म उल्थानभएमा यसलाई हटाएर नयाँ लेख बनाइने छ ।
CheHigh.jpg
चे ग्वेभारा
जन्म: १४ जुन १९२८
रोसारिओ, अर्जेन्टिना
मृत्यु: ९ अक्टूबर १९६७ (३९ वर्षको उमेरमा)
ला हिगुएरा, बोलिभिया
कार्यक्षेत्र: राजनैतिक क्रान्ति
माताको नाम: केलिया डि ला सर्ना लोसा
पिताको नाम: एर्नस्टो ग्वेभारा लिन्च
क्रान्तिको असर परेका देश: दक्षिणी अमेरिकाका प्रायः सबै राष्ट्रहरू
क्रान्तिको क्षेत्र(विषय): साम्यवादी
आन्दोलन: साम्यवादी
क्रान्तिको परिणाम: साम्यवादी सरकारको स्थापना
अन्य कार्य: लेखन
वेबपेज: -
हस्ताक्षर: CheGuevaraSignature.svg

अर्नेस्तो "चे" ग्वेभारा स्पेनिश उच्चारण: [ˈtʃe ɣeˈβaɾa]) (जन्म:१४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टीनाका मार्क्सवादी क्रांतिकारी थिए जसले क्यूबाको क्रांतिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रांति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरे। मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवं वामपंथी गतिविधिहरूको का प्रतीक बन्यो।[१]

चिकित्सीय शिक्षाको बेला चे पूरै ल्याटिन अमेरिकामा धेरै घुमे। त्यस बेला पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा चोट पुर्‍यायो।[२] उनले निष्कर्ष निकाले कि यस गरीबी र आर्थिक विषमताको मुख्य कारण एकाधित्य पूंजीवाद, नवउपनिवेशवादसाम्राज्यवाद, जसबाट छुटकारा पाउने एकमात्र उपाय थियो - विश्व क्रांति[३] यसै निष्कर्षको अनुसरण गर्दै उनले ग्वाटेमालाका राष्ट्रपति याकोबो आरबेंज गुजमानद्वारा चलाइएको समाज सुधारहरूमा भाग लिए। उनको क्रांतिकारी सोच तब अझ दह्रो बन्यो जब १९५४मा गुजमानलाई अमेरिकाको मददले हटाइयो। यसको केही समय पछि मेक्सिको सिटीमा उनको राऊल र फिदेल कास्ट्रो सित भेट भयो, र उनी क्यूबाको २६ जुलाई क्रांतिमा सामेल भए।[४] चे शीघ्र नैं क्रांतिकारीहरूको कमानमा अर्को ठाउँसम्म पुगे र बातिस्ताको राज्य विरुद्ध दुई वर्षसम्म चलेको अभियानमा उनले मुख्य भूमिका निभाए।[५]

क्यूबाको क्रांति पश्चात चेले नयाँ सरकारमा धेरै महत्त्वपूर्ण कार्य गरे, र साथ-साथै सारा विश्वमा घुमेर क्यूबाको समाजवादको लागि अन्तर्राष्ट्रिय समर्थन जुटाए। उनिद्वारा प्रशिक्षित सैनिकहरूले पिग्सको खाड़ी आक्रमणलाई सफलतापूर्वक पछारे।[६]सोभियत संघसित नाभिकीय प्रक्षेपास्त्र लिएर आए, जसद्वारा १९६२को क्यूबन प्रक्षेपास्त्र संकटको शुरुवात भएकोथियो, र सारा विश्व नाभिकीय युद्धको स्थितिमा पुगेकोथियो।[७] साथै चेले लेखेका पनि छन्, उनका सबभन्दा प्रसिद्ध कृतिहरू हुन् - गुरिल्ला युद्धको नियम-पुस्तक र दक्षिणी अमरीकामा उनको यात्रामा आधारित मोटरसाइकल डायरीहरू। १९६५मा चे क्यूबादेखि निक्लेर कांगो पुगे जहाँ उनले क्रांति ल्याउने विफल प्रयास गरे। यसपछि उनी बोलिविया पुगे र क्रांति उक्साउने प्रयास गरे तर पक्रा परे अनि उनलाई गोली हानी मारियो।[८]

मृत्युपछि पनि चेलाई आदर र धिक्कार दुइटै दिइयो। टाइम (पत्रिका)ले उनलाई २०औं शताब्दीका १०० सर्वाधिक महत्त्वपूर्ण व्यक्तिहरूको सूचिमा सामेल गर्‍यो।[९] चेको तस्वीर गेरिलेरो एरोइको (स्पेनी: Guerrillero Heroico, वीर गुरिल्ला) लाई विश्वको सबैभन्दा प्रसिद्ध तस्वीर मानिएको छ।[१०]

मारिएको ४७ वर्षपछि तस्विर सार्वजनिक[सम्पादन गर्ने]

चे ग्वेभारा मारिएको समयको तस्विर उनी मारिएको ४७ वर्ष पछि सार्वजनिक भएको छ । ग्वेराका परिवारले यी तस्विर सार्वजनिक गरेका हुन् ।स्विर सार्वजनिक गरेका इनामोल आर्टिएगाले भनेका छन् कि १९६७ मा यी तस्विर समाचार एजेन्सी एएफपीका फोटो जर्नलिष्ट मार्क हटनले लिएका थिए । ती तस्विर चे ग्वेराका अंकल लुइस कार्टेरोलाई दिइएको उनको भनाइ छ । लुइस त्यतिबेला बोलिभियामा मिसनरीकोरुपमा काम गर्थे । यी तस्विर उनले ४७ वर्ष सम्म लुकाएर राखेका थिए । अर्जेन्टिनामा जन्मेका चे ग्वेभारा बोलिभियामा पक्राउ परेपछि बन्दी बनाइएका थिए । उनलाई सन् १९६७ अक्टोबर ९ को दिन हत्या गरिएको थियो ।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Casey 2009, p. 128.
  2. On Revolutionary Medicine Speech by Che Guevara to the Cuban Militia on August 19, 1960
  3. At the Afro-Asian Conference in Algeria A speech by Che Guevara to the Second Economic Seminar of Afro-Asian Solidarity in Algiers, Algeria on February 24, 1965
  4. Beaubien, NPR Audio Report, 2009, 00:09-00:13
  5. "Castro's Brain" 1960.
  6. Kellner 1989, p. 69-70.
  7. Anderson 1997, p. 526-530.
  8. Ryan 1998, p. 4
  9. Dorfman 1999.
  10. Maryland Institute of Art, referenced at BBC News May 26, 2001

बाहिरका लिंकहरू[सम्पादन गर्ने]