चैनपुर, बझाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चैनपुर नगरपालिका बझाङ जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा चैनपुर, रिठापाटी हेमन्तवाडा र सुबेडागाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा चैनपुर पनि नगरपालिका बनेको हो। मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]