चोयु हिमाल
| चोयु | |
|---|---|
The south side of Cho Oyu from Gokyo. |
|
| उचाई (अवनति) | ८,२०१ m (२६,९०६ ft) Ranked 6th |
| आधारदेखिको उचाई | २,३४० m (७,६७७ ft) |
| सूचिकरण | Eight-thousander Ultra |
| शाब्दिक अर्थ | Turquoise Goddess (Tibetan) |
| अवस्थिति | |
| भौगोलिक अवस्थिति | Nepal-China (Tibet) |
| श्रृङ्खला | Mahalangur Himal, Himalayas |
| निर्देशांक | 28°05′39″N 86°39′39″E / 28.09417°N 86.66083°E} |
| आरोहण | |
| प्रथम आरोहण | October 19, 1954 by Herbert Tichy, Joseph Jöchler and Sherpa Pasang Dawa Lama |
| सबभन्दा सजिलो आरोहणमार्ग | snow/ice/glacier climb |
चोयु (अङ्ग्रेजी: Cho Oyu, वाइलि अनुवादमा तिब्बति: jo bo dbu yag; चिनियाँ: 卓奧有山, पिनयिन: Zhuó'àoyǒu Shān) विश्वको छैठौं हिमाल हो। यसको उचाइ ८,२०१ मिटर (२६,९०६ फिट) हो।
[सम्पादन गर्ने] प्रथम आरोहण
हर्वट टिची (Herbert Tichy)ले अन्य २ जना साथीहरू समावेश गरि आरोहण दल बनाए। सेप जोक्लर ( Sepp Jockler) एक कुशल आरोही थिए। अर्का साथी हेल्मट हृयुवर्गर (Helmut Heuberger) ईन्स व्रक विश्वविद्यालयका भूगोलशास्त्री थिए। सरदार पासाङ्ग दाव माताहतमा रहेको सातजना शेर्पाहरू दलको सहयोगी थिए। तिनीहरूले आपतकालीन परिस्थितिको लागि दुइवटा अक्सीजन सिलिण्डर र केही उपचार सम्वन्धि उपकरण लगेका थिए। ५,५०० मिटरमा रहेको आधार शिविरवाट तिनीहरू वरफको ढिक्का हुादै माथि चढे। जेक्लर हिउा तथा पर्वतको अध्यय्नमा लागेका हुनाले चढाइको गति केही कम भएको थियो। यसले गर्दा टिचीको गति बढ्न सकेन। पासाङ्ग र अद्जिवा एकै घण्टामा हिम झरना हुदैं माथि लागे। टिची र पाचजना शेर्पाहरू ६,९८० मिटरको उचाइमा पुगेर IV शिविर स्थापना गरे। चिसो हावाले शिविरका पाल तथा आरोहीहरूलाई धक्का दिइरहेको थियो।
विहान ६ वजे टिची, जोक्लर र पासाङ्ग शिविरवाट तिव्र गतिमा चढाइ सरु गरे। करिब १२२० मिटरको चढाई पछि उनीहरू अपरान्ह ३ वजे गुम्बज आकारको चाक्लो उच्च समस्थिली शिखरमा पुगे। वषरा सुरु हुनुभन्दा पहिला ८००० मिटरको शिखरमा पुग्ने पहिलो सानो आरोहण दल यही थियो।
पर्वतारोहण इतिहासको तालिका १९५२ -संयुक्त अधिराज्य) : ई. शिप्टनले अनुसान्धान दल पठाए। १९५४ -अष्ट्रिया) : हवर्ट टिचीले आरोहण दलको नेतृत्व गरे। हर्वट टिची, सेप जोक्लर र पासाङ्ग दावा लामाले अक्टुवर १९मा विना अक्सीजन चो यू शिखरमा पुगे।
Herbert Tichy हर्वट टिची १९१२मा जन्मेका थिए। उनले विश्वविद्यालयमा भूगर्वशास्त्र अध्ययन गरे। १९३६मा तिब्वतमा हिमाली भूगर्वअध्ययनको सोधलेख (Thesis) सम्पन्न गरि भियानामा विद्यावारिधि पुरा गरे। उनी तेलको भुगर्वविद भएपनि केही समयसम्म पत्रकार भै काम गरे। १९५३/५४ तिर हिउंदको समयमा उनी पासाङ्ग दावा लामा, आङ्जीवा र ग्याल्सन शेर्पाहरूको साथमा नीजि यात्रा गरे। यी चारजनाले ६,१०० मिटर उचाईका धेरै चुचुराहरू चढे र अझ वढी उचाई चढने सम्भावना वारे छलफल गरे। जनवरी १९५४मा अष्ट्रियावाट र्फकदा टिचीले चो यू पर्वत चढ्ने अनुमतिको लागि निवेदन दिएपछि अपि्रलमा अनुमति पाए।
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस
|
|||||||