चोयु हिमाल
| चोयु | |
|---|---|
The south side of Cho Oyu from Gokyo. |
|
| उचाई (अवनति) | ८,२०१ m (२६,९०६ ft) Ranked 6th |
| आधारदेखिको उचाई | २,३४० m (७,६७७ ft) |
| सूचिकरण | Eight-thousander Ultra |
| शाब्दिक अर्थ | Turquoise Goddess (Tibetan) |
| अवस्थिति | |
| भौगोलिक अवस्थिति | Nepal-China (Tibet) |
| श्रृङ्खला | Mahalangur Himal, Himalayas |
| निर्देशांक | 28°05′39″N 86°39′39″E / 28.09417°N 86.66083°E} |
| आरोहण | |
| प्रथम आरोहण | October 19, 1954 by Herbert Tichy, Joseph Jöchler and Sherpa Pasang Dawa Lama |
| सबभन्दा सजिलो आरोहणमार्ग | snow/ice/glacier climb |
चोयु (अङ्ग्रेजी: Cho Oyu, वाइलि अनुवादमा तिब्बति: jo bo dbu yag; चिनियाँ: 卓奧有山, पिनयिन: Zhuó'àoyǒu Shān) विश्वको छैठौं हिमाल हो । यसको उचाइ ८,२०१ मिटर (२६,९०६ फिट) हो ।
[सम्पादन गर्ने] प्रथम आरोहण
हर्वट टिची (Herbert Tichy) ले अन्य २ जना साथीहरु समावेश गरि आरोहण दल बनाए । सेप जोक्लर ( Sepp Jockler) एक कुशल आरोही थिए । अर्का साथी हेल्मट हृयुवर्गर (Helmut Heuberger) ईन्स व्रक विश्वविद्यालयका भूगोलशास्त्री थिए । सरदार पासाङ्ग दाव माताहतमा रहेको सातजना शेर्पाहरु दलको सहयोगी थिए । तिनीहरुले आपतकालीन परिस्थितिको लागि दुइवटा अक्सीजन सिलिण्डर र केही उपचार सम्वन्धि उपकरण लगेका थिए । ५,५०० मिटरमा रहेको आधार शिविरवाट तिनीहरु वरफको ढिक्का हुादै माथि चढे । जेक्लर हिउा तथा पर्वतको अध्यय्नमा लागेका हुनाले चढाइको गति केही कम भएको थियो । यसले गर्दा टिचीको गति बढ्न सकेन । पासाङ्ग र अद्जिवा एकै घण्टामा हिम झरना हुदैं माथि लागे । टिची र पाचजना शेर्पाहरु ६,९८० मिटरको उचाइमा पुगेर IV शिविर स्थापना गरे । चिसो हावाले शिविरका पाल तथा आरोहीहरुलाई धक्का दिइरहेको थियो ।
विहान ६ वजे टिची, जोक्लर र पासाङ्ग शिविरवाट तिव्र गतिमा चढाइ सरु गरे । करिब १२२० मिटरको चढाई पछि उनीहरु अपरान्ह ३ वजे गुम्बज आकारको चाक्लो उच्च समस्थिली शिखरमा पुगे । वषरा सुरु हुनुभन्दा पहिला ८००० मिटरको शिखरमा पुग्ने पहिलो सानो आरोहण दल यही थियो ।
पर्वतारोहण इतिहासको तालिका १९५२ -संयुक्त अधिराज्य) : ई. शिप्टनले अनुसान्धान दल पठाए । १९५४ -अष्ट्रिया) : हवर्ट टिचीले आरोहण दलको नेतृत्व गरे । हर्वट टिची, सेप जोक्लर र पासाङ्ग दावा लामाले अक्टुवर १९ मा विना अक्सीजन चो यू शिखरमा पुगे ।
Herbert Tichy हर्वट टिची १९१२ मा जन्मेका थिए । उनले विश्वविद्यालयमा भूगर्वशास्त्र अध्ययन गरे । १९३६ मा तिब्वतमा हिमाली भूगर्वअध्ययनको सोधलेख (Thesis) सम्पन्न गरि भियानामा विद्यावारिधि पुरा गरे । उनी तेलको भुगर्वविद भएपनि केही समयसम्म पत्रकार भै काम गरे । १९५३/५४ तिर हिउंदको समयमा उनी पासाङ्ग दावा लामा, आङ्जीवा र ग्याल्सन शेर्पाहरुको साथमा नीजि यात्रा गरे । यी चारजनाले ६,१०० मिटर उचाईका धेरै चुचुराहरु चढे र अझ वढी उचाई चढने सम्भावना वारे छलफल गरे । जनवरी १९५४ मा अष्ट्रियावाट र्फकदा टिचीले चो यू पर्वत चढ्ने अनुमतिको लागि निवेदन दिएपछि अपि्रलमा अनुमति पाए ।
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस
|
|||||||