चौखम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दैलेख नयाँबजार स्थित चारखम्बा

चौखम्बा अथवा चार खम्बा दैलेख जिल्लाको नारायण नगरपालिकाको वडा नंवर १ नयाँबजारमा रहेको छन्। हुनत दैलेखमा यस्ता खम्बाहरू धेरै ठाउँमा रहेका छन्। दैलेख नयाँ बजार स्थित यी चारवटा खम्बाको सम्बन्धमा हालसम्म कुनै आधिकारीक तथ्यहरू कसैलाई पनि जानकारी छैन। चारवटा स्तम्भहरूमध्य एक स्तम्भ सानो रहेको छ भने अरू खम्बाहरू करिब ५ फुट उचाइँका रहेका छन्। चारपाटे आकारका सबै स्तम्भहरूको शीर्षभागमा गोलाकार कलशको आकृती रहे पनि अभिलेखहरू रहेको देखिदैन। त्यसमाथि झन् अवैज्ञानिक ढङ्गले चुना पोत्ने गरेकाले स्तम्भको मौलिक स्वरूप पनि बाँकी रहेको देखिदैन। स्तम्भको पाप्रा उप्केर झर्ने क्रम बढीरहेको छ। केही वर्ष पहिलेसम्म बडादशैंको फूलपातीका दिन यी खम्बाहरूमा नेपाली सेना तथा नेपाल प्रहरीले पानी चढाएर पूजा गर्ने प्रचल रहेको थियो भने अब त्यो पनि हराएको छ। यी स्तभहरू खुला सडकको छेउमा रहेकाले सार्वजनिक सवारी साधनद्वारा ठक्कर लागि खम्बा भाँचिन सक्ने प्रबल सम्भावना रहेको छ। साथै क्यारमबोर्ड खेल्ने खेलाडीहरूले क्यारमबोर्ड राख्ने गरेकाले कालान्तरमा स्तम्भहरूको स्तित्व समाप्त हुन सक्ने देखिन्छ।[१]


हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ समाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. विश्व के.सी. (पोखरेल) द्वारा लिखित कीर्तिखम्ब नामक पुस्तक पहिलो संस्करण पृष्ठ सङ्ख्या-७५

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]