चौलाने झार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चौलाने झार
चौलाने झारको फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
E. sonchifolia
वैज्ञानिक नाम
Emilia sonchifolia
(L.) DC. ex Wight
पर्याय[१][२]
Extended content
  • Cacalia sonchifolia Hort ex L.
  • Crassocephalum sonchifolium (L.) Less.
  • Emilia marivelensis Elmer
  • Emilia purpurea Cass.
  • Emilia rigidula DC.
  • Emilia sinica Miq.
  • Gynura ecalyculata DC.
  • Prenanthes javanica (Burm.f.) Willd.
  • Senecio auriculatus Burm.f.
  • Senecio rapae F.Br.
  • Senecio sonchifolius (L.) Moench
  • Sonchus javanicus (Burm.f.) Spreng.

चौलाने झार चौलाई साग अथवा हिरण खुरो पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो । यो समशीतोष्ण हावापानी भएको स्थानमा पाइन्छ । बैसाखमा उम्रेर असारतिर र पुसमा उम्रेर चैततिर हराउने यो वनस्पति १-२ फिट अग्लो हुन्छ । यो वर्षमा २/३ पटक उम्रने ३ महिने वनस्पति हो । कलेजी अथवा गाढा फूल फुल्ने यो वनस्पतिको रूप ठूलो दुग्धी जस्तो र स्वाद चम्सुरको जस्तो हुन्छ ।

औषधीय गुण[सम्पादन गर्नुहोस्]

चौलाने झारको पोथ्रालाई काँचै चपाउँदा गर्मी हटाउने, कलेजोलाई शक्ति प्रदान गर्ने र फलाम तत्व बढाउने गर्दछ । यसमा पेट शुद्धि गर्न र आँखा तेजिलो बनाउने गुण रहेको मानिन्छ । महिलाहरूमा योनीबाट सेतो पानी बग्ने समस्याको उपचार गर्न पनि यस वनस्पतिको उपयोग गरेको पाइन्छ । उपचारका लागि हावामा सुकाइएको धुलो १/१ चम्चा ३-४ पटक, काँचो पोथ्रा १५-२० ग्राम र रस बनाएर ५-१० ग्राम दिनको तीनदेखि पाँच पटक सेवन गर्न सकिन्छ ।

तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]