च्छोरोल्पा हिमताल
नेपाली विकिपीडियाबाट
दोलखा जिल्लाको गौरीशंकर गाविस वडा नं. १ रोलवालिङ्ग उपत्यकामा रहेको च्छोरोल्पा हिमताल नेपालकै सवभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ। सन् १९६३मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेकोमा सन् १९९७मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटर सम्म फैलिएको छ। १३५ मी. गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ।
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
|
|||||