छन्दः
नेपाली विकिपीडियाबाट
| छन्दः | |
छन्द संस्कृत कवितामा लय निर्धारण गर्न प्रयोग हुने अक्षर गणना र प्रयोगको बारेमा नियम निर्धारण गर्ने एउटा शास्त्र हो जो ६ वेदांगहरू मध्येको एक हो। छन्दका धेरै प्रकार छन्,यी छन्दहरू जस्ताको तस्तै नेपालीमा पनि प्रयोग भएकाछन्, जसमध्ये केही तल लेखिएकाछन्-
- शार्दूलविक्रीडित-
उदाहरण-
एक् दिन् नारद सत्य लोक पुगिगया लोक्को गरौं हित् भनी।
ब्रह्मा ताहीं थिया पर्या चरणमा खुसी गराया पनि।।(भानुभक्तको रामायण) - शिखरिणी-
उदाहरण
-रसीलो वर्षाको समय दिन लम्बा दिनकर।
थिए क्यै ढल्केका गगनतलमा पश्चिमतिर।।(तरुणतपसी- कवि शिरोमणि लेखनाथ पौड्याल)