छहरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छहरा
Chhahara
नेपालको परम्परागत घर
नेपालको परम्परागत घर
छहराको आधिकारिक छाप
राष्ट्र नेपाल
अञ्चललुम्बिनी
जिल्लापाल्पा
गाउँ विकास समितिछहरा
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा४,७९८[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)बुटवल
क्षेत्रीय सङ्केत०७५

छहरा नेपालको लुम्बिनी अञ्चलको पाल्पा जिल्लाको एक गाँउ विकास समिति हो । छहरा गाविसमा १,१८० वटा घर छन ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

छहरा गाविस को जनसङ्ख्या बि.स.२०६८ को जनगणना अनुसार ४,७९८ रहेको छ ।[२] यस मध्ये, पुरुष ४६%, र महिला ५४% छन ।

परिचय[सम्पादन गर्नुहोस्]

पाल्पा जिल्लामा विभिन्न रमाइला रमाइला स्थानहरू रहेका छन । अर्घाखाँचीको पूर्वी भू-भागमा पुग्नको लागि पनि पाल्पा जिल्लाको छहराको बाटो भएरै जानु पर्दछ । छहरा गाविस अमलाबास गाँउबाट सुरू हुने गर्दछ । जहाँ अमलाबास भन्ने सानो बजार पनि हो । अमलाबास बजार हुदैं छहरा गाविससम्म पुग्न सकिन्छ । जहाँ छहरा गाविसको एक मात्र क्याम्पस पनि रहेको छ । साथै छहरा गाविसको एकमात्र स्वास्थ्य चौकी पनि छ । छहरा बजार छहरा गाविसको एउटा मुख्य बजार पनि हो । गविस भवन पनि यसै बजारमा रहेको छ । छहरा गाविसको पश्चिमी भागमा भएको एउटा बजारमध्ये मेहलढाब पनि एक हो । वडा नं ८ तथा ९ को मुख्य बजार यहि नै हो । यहाँबाट अर्घाखाँचीमा पुग्ने २ वटा बाटो रहेका छन । जसमध्ये एउटाबाटो काफलबुटा - तिनगिरे हुँदै अर्घाखाँची पुगिन्छ भने अर्को बाटो सल्लेधारा - तिन्धारे हुँदै अर्घाखाँची पुगिन्छ । यो तल्लो बाटो, जुन अर्घाखाँचीको पणेना पुग्ने बाटो मध्येको एउटा प्रमुख बाटो पनि हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]