छिमी लामा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
बहुपति प्रथाको समुदायबाट संविधानसभामा प्रतिनिधित्व गर्ने एक मात्र सभासद् हुम्लाका २८ वर्षीय छिमी लामा लामा मुक्तिमोर्चाको अध्यक्ष हुनुहुन्छ। ०५४ देखि माओवादी जनयुद्धमा सामेल लामा ०५६मा माओवादीमा पूर्णकालीन हुनुभएको थियो। लामा ०५७मा माओवादी हुम्ला सदस्य तथा केही समयपछि सचिव हुनुभयो। ०५९ देखि लामा भेरी-कर्णाली राज्य समिति सदस्य हुनुहुन्छ।
एक बहिनी ४ भाइ मध्ये सबैभन्दा जेठा लामा चार भाइका एउटै श्रीमती हुनुहुन्थ्यो। बहुपति प्रथाको विरोध गर्दै उहाँले सम्बन्धविच्छेद गर्नुभयो। जनयुद्धकै समयमामा उहाँले पेमा लामासँग बिहे गर्नुभयो। युद्धमा पेमा मारिएपछि सुस्मिता शाहीसँग उहाँले पुनः बिहे गर्नुभएको छ। शाही पनि माओवादी पूर्णकालीन कार्यकर्ता हुनुहुन्छ।
एसएलसीसम्मको अध्ययन गर्नुभएका लामा हिमाली जिल्लाका क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिको जातीय र क्षेत्रीय स्वायत्तताको ग्यारेन्टी संविधानमै गराउने मूल एजेण्डा रहेको छ।[१]