छुर्पी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
छुर्पी
Chhurpi.jpg
छुर्पी
उत्पत्ति
उत्पत्ति स्थान मध्य एशिय
विवरण
मुख्य सामग्री(हरु) चौरीगाईको दूध

छुर्पी सुकेको पनीर अथवा चीज (Cheeze)को एउटा प्रकार हो जुन पूर्वको हिमालमा विख्यात छ। शेर्पाहरू छुर्पीलाई शेर्कम भन्ने गर्छन। [१] यसलाई भूटानमा जोंग्खा भाषामा दुरुकोवा वा दुरुखो भन्छन्।[२] छुर्पी याक वा चौरी गाइको दुधबाट बनाईने गरिन्छ। [३] यसलाई बनाउनु अलिक मुश्किल हुन्छ। यसलाई स्थानिय डेरी (Dairy) वा घरमा तयार गरिन्छ। यो महिबाट निकालेको कुरौनीले तयार गरिन्छ जस्लाई सर्जम भनिन्छ। सर्जमलाई जुटको झोलामा बेरेर कस्सेर थिचेर पानी निचोरेर बनाईने गरिन्छ त्यस पछि यसलाई सुकायेर पनीर जस्तै बनाईन्छ अन्तिममा यसलाई स-साना टुकडाहरूमा काटेर चुलोमाथि झुंडायेर सुकाईने गरिन्छ।

सन्दर्भ [सम्पादन गर्ने]

  1. Dominant lactic acid bacteria and their technological properties isolated from the Himalayan ethnic fermented milk products. Antonie van Leeuwenhoek. Volume 92, Number 3 / October, 2007
  2. Food and Agriculture Organization of the United Nations, "NAME: CHHUGA CHHURPI" 
  3. Thapa, T.B., "Diversification in processing and marketing of yak milk based products" 

हेर्नुहोस [सम्पादन गर्ने]