छुर्पी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छुर्पी
छुर्पी
उत्पत्ति स्थानमध्य एशिय
मुख्य सामग्रीहरूचौरीगाईको दूध

छुर्पी सुकेको पनीर अथवा चीज (Cheese)को एउटा प्रकार हो जुन पूर्वको हिमालमा विख्यात छ। शेर्पाहरू छुर्पीलाई शेर्कम भन्ने गर्छन। [१] यसलाई भुटानमा जोंग्खा भाषामा दुरुकोवा वा दुरुखो भन्छन्।[२] छुर्पी याक वा चौरी गाइको दुधबाट बनाईने गरिन्छ। [३] यसलाई बनाउनु अलिक मुश्किल हुन्छ। यसलाई स्थानिय डेरी (Dairy) वा घरमा तयार गरिन्छ। यो महिबाट निकालेको कुरौनीले तयार गरिन्छ जसलाई सर्जम भनिन्छ। सर्जमलाई जुटको झोलामा बेरेर कस्सेर थिचेर पानी निचोरेर बनाईने गरिन्छ त्यस पछि यसलाई सुकायेर पनीर जस्तै बनाईन्छ अन्तिममा यसलाई स-साना टुकडाहरूमा काटेर चुलोमाथि झुंडायेर सुकाईने गरिन्छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Dominant lactic acid bacteria and their technological properties isolated from the Himalayan ethnic fermented milk products. Antonie van Leeuwenhoek. Volume 92, Number 3 / October, 2007
  2. Food and Agriculture Organization of the United Nations, "NAME: CHHUGA CHHURPI", www.fao.org, अन्तिम पहुँच २००८-०२-१०  वेब्याक मेसिन अभिलेखिकरण २००२-११-१५ मिति
  3. Thapa, T.B., "Diversification in processing and marketing of yak milk based products", www.ilri.org, अन्तिम पहुँच २००८-०२-०७  वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-०६ मिति

हेर्नुहोस[सम्पादन गर्नुहोस्]