जगन्नाथ मन्दिर, पुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जगन्नाथ मन्दिर,पुरीबाट अनुप्रेषित)
जगन्नाथ मन्दिर, पुरी
प्राथमिक विवरण
स्थान:पुरी
सम्बन्धनहिन्दुत्व
जिल्लापुरी
राज्यउडिसा
देशभारत
वेबसाइटhttp://jagannath.nic.in/
वास्तुकला विवरण
वास्तुकला प्रकारकलिंग वास्तुकला
निर्माताअनन्तभरमन छोडगंगा देब

पुरीको श्री जगन्नाथ मन्दिर एउटा हिन्दु मन्दिर हो, जुन भगवान जगन्नाथ (श्रीकृष्ण) मा समर्पित रहेको छ । यो भारतको उडिसा राज्यको तटवर्ती शहर पुरीमा अवास्थित रहेको छ । जगन्नाथ शब्दको अर्थ जगतको स्वामी हुन्छ । भगवान श्रीकृष्ण नगरीलाई नै जगन्नाथपुरी वा पुरी भन्ने गरिन्छ । [१][२] यस मन्दिरलाई हिन्दुहरूको चार धाम मध्ये एकको रूपमा गनिन्छ । यो वैष्णव सम्प्रदाय को मन्दिर हो जुन भगवान विष्णुको अवतार श्रीकृष्णमा समर्पित छ । [३] यस मन्दिरको बार्षिक रथयात्रा उत्सव बिश्व प्रसिद्ध रहेको छ । रथयात्रामा मन्दिरका तीनै मुख्य देवता, भगवान जगन्नाथ, उनको ठुलो भ्राता बलभद्र र भगिनी सुभद्रा तीनटै, तीन बेग्ला-बेग्लै भव्य र सुसज्जित रथमा विराजमान भएर नगरको यात्रामा निस्किने गरेका छन् । भारतको इतिहासमा मध्य-काल देखिनै यो उत्सव साह्रै हर्षोउल्लासका साथ मनाउने गरिएको छ । यो संगै यो उत्सव भारतको अन्य धेरै वैष्णव कृष्ण मन्दिरहरूमा मनाउने गरिन्छ र तिनको नगर परिक्रमा गराउने गरिन्छ । [४] यो मन्दिर वैष्णव परमपरा र सन्त रामानन्द सँग जोडिएको छ । यो गौडीय वैष्णव सम्प्रदायको लागि अत्यन्त महत्त्व राख्दछ । [५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. वैदिक कॉन्सेप्ट्स"
  2. सिंबल ऑफ नेश्नलिज्म वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-१४ मिति
  3. "जगन्नाथ मन्दिर", अन्तिम पहुँच २००६-०९-१२ 
  4. "Juggernaut", अन्तिम पहुँच २००६-०९-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  5. "भाक्तिवेदांत वेद बेस", अन्तिम पहुँच २००६-०९-१२  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-३० मिति