जनकपुर नगरपालिका
| जनकपुर नगरपालिका | |
| स्थापना : | २०१९ साल |
|---|---|
| अञ्चल: | जनकपुर अञ्चल |
| जिल्ला: | धनुषा जिल्ला |
| क्षेत्रफल: | - |
| जनसंख्या: | -88,000 |
| वडा संख्या: | - |
| भौगोलिक अवस्थिति: | तराई |
| मेयर: | ?? |
| टेलिफोन कोड: | ०४१ |
| वेबसाईट: | -www.tnepal.com |
जनकपुर नगरपालिका जनकपुर अञ्चलको धनुषा जिल्लामा अवस्थित छ। यो धनुषा जिल्लाको सदरमुकाम पनि हो। यहाँ नेपालको प्रसिद्ध मन्दिर जानकी मन्दिर छ। जनकपुर नगरलाई मैथिली संस्कृतिको केन्द्र मानिन्छ।जनकपुर अथवा जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तरगत धनुषा जिल्ला जनकपुर नगरपालिकामा अवस्थित छ। यो शहर नेपालको तराईमा पर्दछ र यसलाई साँस्कृतिक, ब्यापारिक तथा राजनैतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यो नेपालको राजधानी काठमाडौंबाट ४०० कि.मि. दक्षिण पूर्वमा छ।
यो धनुषा जिल्लाको प्रशासकिय केन्द्र पनि हो। यस सहरको अनुमानित जनसंख्या ८०,००० हो। यो नगर काठमाडौंबाट ४०० कि.मी. पर, तथा भारतीय सीमाबाट २० कि.मी.मा अवस्थित छ। भौगोलिक अक्षांस र देशान्तरको हिसाबमा यो सहर २६° ४२' ४४" ऊ, ०८५° ५५' १८" पूमा अवस्थित छ। जनकपुर हिन्दू धर्ममा एक महत्वपूर्ण स्थल तथा नेपालको एकमात्र रेल भएकाले पर्यटनका लागि पनि महत्वपूर्ण सहर हो।
यो शहर पूर्व ऐतिहासिक मैथिली सभ्यताको केन्द्रविन्दु पनि हो र साथै यस शहरको आफ्नै भाषा (मैथिली) र लिपि (तिरहुता) पनि छ। जनकपुरधाम, भगवती सीता (जानकी)को पनि जन्मस्थल हो। सीता राजा जनककी छोरी तथा हिन्दूभगवान रामकी श्रीमती पनि हुनुहुन्छ। जनकपुरधाम राम र सीताको विवाहस्थल पनि हो। राजा जनकले खेतमा हलो जोत्दा, सीतालाई खेतमैं भेट्टाउनु भएको किंबदन्ती रहेको छ। राजा जनकले सीतासँग विवाहका लागि स्वयंवर आयोजना गर्नुभएको थियो। उक्त स्वयंवरमा भगवान शिवको धनुष तोड्न सक्नेले सीतालाई बिहे गरि लाने शर्त राखिएको थियो। उक्त शर्त पूरा गर्न सक्ने अयोध्याका राजकुमार राम बाहेक अरु कोही पनि स्वयंवरमा थिएनन्।
त्यसैले जनकपुरधाम हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्वपूर्ण स्थल हो। जनकपुरधामको केन्द्रिय बजार उत्तर-पश्चिम दिशा बाट भव्य जानकी मन्दिरले सुसज्जित छ। यो मन्दिर १९११ ई.स.मा टीकमगढकी (भारत) राजकुमारीकुमारी वृषभानुद्वारा निर्माण गरिएको हो। जानकी मन्दिर मुगल शैलीमा बनाईएको मन्दिर हो र यो तथ्यले यस मन्दिरलाई अझै पनि महत्वपूर्ण बनाउँछ। यस मन्दिरको निर्माण गर्दा त्यस ताका ९ लाख रूपैया खर्च भएको भन्ने किंबदन्ति रहिआएको छ, त्यसैले यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ। यो नेपाल भरिकै ठूलो मन्दिरहरू मध्ये एक हो।
जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी एवं कुण्डहरू हुन्। यहाँ कुटीहरू पनि प्रशस्तै मात्रामा पाइन्छ। त्यसैले जनकपुरको माछा नेपालमै प्रख्यात छ। जनकपुरधामको बारेमा एउटा उखान नै छ - "५२ कुटी, ७२ कुण्डा, सुरमुनि सब नावहि मुण्डा"। यहाँ तिथि अनुसार कुण्डमा स्नानको धेरै महत्व छ। जनकपुरधाममा भएका केही महत्वपूर्ण कुण्डहरू बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अंगराज सर, सूर्य कुण्ड, गंगा सागर, धनुष सागर, दसरथ तलाउ, पापमोचिनि सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर, धौत-पाप सर आदि हुन्।
जनकपुरधाममा बोलिने प्रमुख भाषा मैथिली हो। यो भाषा भारतको बिहार प्रान्तको धेरैजसो भागमा पनि बोलिन्छ। मैथिल नारी मैथिल चित्रकलाका लागि पनि प्रख्यात छन्। विशेषतया माटोको भाँडा एवं घरको भित्तामा गरिने चित्रकलाको कलाको क्षेत्रमा पनि महत्वपूर्ण स्थान छ। मिथिलाको पारंपरिक घरहरू माटो र परालद्वारा बनाईन्छ। जनकपुरधाममा मनाईने प्रमुख चाड-पर्वहरू मध्ये छठ, विवाह पञ्चमी, राम नवमी, लक्ष्मी पूजा, होली ईत्यादि हुन्। [१]
[सम्पादन गर्ने] भूगोल
यो ठाउँको अक्षांश र देशान्तर हो 26.7° N 85.92° E।[२] यो स्थान समुन्द्री सतह भन्दा ६६ मिटर (२१६ फुट) माथि पर्दछ।
[सम्पादन गर्ने] जनसंख्या
नेपालको सन् २०११को जनगणना अनुसार जनकपुर नगरपालिकाको जनसंख्या २,४५,१२८ छ।[३] यस मध्य पुरुष ५४%, र महिला ४६% छन्। यस नगरपालिकामा ८८,००० वटा घरहरू छन्।
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू
- ↑ "जानकी मन्दिर परिचय"
- ↑ "Janakpur", Falling Rain Genomics, Inc
- ↑ "नेपाल जनगणना २००१"
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: Janakpur |