जनार्दन शर्मा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

जनमुक्ति सेनाका चारजना डेपुटी कमा48डरमध्ये एक जनार्दन शर्मा प्रभाकर सभासद् र माओवादीका केन्द्रीय सदस्य पनि हुनहुन्छ। २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद उठेका जनार्दन संविधानसभामा रुकुमको सोही २ नं क्षेत्रबाट संविधान सभामा विजयी हुनुभएको हो। माओवादीको कुशल संगठन र जनताले पार्टी प्रति गरेको विश्वास नै आफ्नो विजयको कारण रहेको शर्माको भनाई छ।

शर्माका बाबु स्कन्द शर्मा रुकुममा कम्युनिष्ट पार्टीलाई संस्थागत गर्नेमध्येका एक हुनुहुन्थ्यो। राजनैतिक परिवारमा हुर्केका शर्मा २०३४ सालदेखि नै राजनीतिमा लाग्नु भएको हो। जनयुद्धको समयमा कहिले सेना कहिले संगठन गर्दै धेरै समय सेती महाकालीतिर बिताएको शर्माले जानकारी दिनुभयो। प्लाटुन, बटालियन कमिसार हुदै डिभिजन कमा48डर ७ वटा डिभिजन भएपछि प्रभाकर डेपुटी कमा48डर हुनुभएको थियो।

उहाँकी श्रीमती ल73मी पौडेल पनि माओवादीकी राज्यसमितिकी सदस्य हुनुहन्छ। नाच्ने गाउन खप्पिस शर्माले २०४६ सालमा नाचे गाएकै आधारमा शान्ति सुरक्षा ऐन अन्तर्गत जेलमा थुनिनु भएको थियो। शिक्षा शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका शर्मा धेरै वर्षसम्म सेती महाकालीको इन्चार्ज भएर सुदूर पश्चिममा काम गर्नु भएको थियो।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा