जयपुरी घर्ती
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
एकिकृत नेकपा माओवादीक तर्फबाट संविधानसभाको चुनावमा रोल्पा -१बाट विजयी सभासद् जयपुरी घर्तीमगर माओवादीको भगिनी संगठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की अध्यक्ष तथा माओवादी मगरात राज्य समिति सदस्य हुनहुन्छ। २०४६ देखि विद्यार्थी राजनीतिबाट वामपन्थी राजनीतिमा प्रवेश गर्नुभएकी जयपुरी स्कूले पढाइ नै माया मारेर जनयुद्धमा होमिनु भएको थियो। अन्तरिम व्यवस्थापिका संसद्मा माओवादीको तर्फबाट विधायिकासमेत हुनुभएकी जयपुरी रोल्पाको पश्चिम पहाडी गरीब किसान परिवारमा जन्मनुभएको थियो। जयपुरी आठ दिदीबहिनीमा सातौं हुनुहुन्छ। मगरचेली जयपुरी सानैदेखि विद्रोही स्वभावकी हुनुहुन्थ्यो। सानो छ"दा जेटिएको सपना उनेकी जयपुरी रोल्पाको तात्कालीन राजनैतिक परिवेशले वाम महिला अँन्दो्लनमा स्थापित गराएको छ।
जयपुरी विद्यार्थी संगठनबाट कलाकारह147ुदै महिला र माओवादीले सशस्त्र जनयुद्ध थालेपछि युद्धमा होमिनुभएको थियो। उहा"ले माओदी जनमुक्ति सेनामा पनि काम गर्नु भयो। तर, थोरै समय। सैन्य फा"टमा उहा"ले राजनैतिक कमिसारी सम्हालेका थुप्रै सफल कारबाहीहरू छन्।
जयपुरी २०५० देखि अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य, उपाध्यक्षहु"दै २०६० देखि अध्यक्ष हुनुहुन्छ। जनयुद्ध चर्किरहेको २०५७ देखि उहा" लगातार ५ वर्ष चुनवाङ प्लेनमसम्म माओवादीको केन्द्रीय सदस्य रहुनभएको थियो।
जनयुद्धको बेला जयपुरीले प्युठान, सल्यान, दाङ जिल्लाका इन्चार्ज भएर काम गर्नुभयो। एक वर्ष भारतमा पश्चिम ब्युरो इन्चार्ज भएर पनि पार्टीको जिम्मेवारी सम्हाल्नुभयो। त्यसबेला जयपुरी केन्द्रीय सदस्य हुनुहुन्थ्यो।
माओवादीले सशस्त्र संघर्ष थाल्नुअघिका ग्रामीण वर्गसंर्घका विभिन्न कारबाहीमा पनि भाग लिनुभएको थियो। फटाहालाई कालो मोसो दल्ने, जुत्ताको माला लगाउने जस्ता सानातिना कारबाहीमा पनि भाग लिनुभएको थियो। जयपुरीस"ग सशस्त्र संघर्षअघिको भूमिगत जीवनशैली र त्यसपछि अत्यन्तै कष्टकर भूमिगत जीवनयापनका अनुभव पनि खाट लागेका छन्।
२०५९मा उनका श्रीमान् कविराम केसी 'विवेक' रोल्पाको पाछाबाङमा तात्कालीन शाही सेनास"ग भएको भिडन्तमा मारिएका थिए। त्यतिखेर केसी जनमुक्ति सेनाको बटालियन कमाण्डर हुनुहुन्थ्यो। त्यसबेला जयपुरी दिल्लीमा माओवादी ब्युरो इन्चार्ज एवं माओवादी केन्द्रीय सदस्य हुनुहुन्थ्यो। जनवादी अन्तरजातीय प्रेम बिहे गरेका जयपुरीको जोडी बिहे गर्दा जयपुरी सल्यान-दाङ इन्चार्ज हुनुहुन्थ्यो भने केसी दाङका सेक्रेटरी। जयपुरी आफूभन्दा तल्लो तहको पार्टीको हैसियत भएका श्रीमान्स"ग बिहे गर्ने पहिलो माओवादी नेतृ हुनुहुन्छ।
माओवादीको अग्रगामी कार्यदिशाका साथै जनताको माझमा ज्यानको बाजी थापेर लडेकीले आफूलाई जनताले विजयी गराएको जयपुरीको दाबी छ। माओवादीको आधार क्षेत्र रोल्पाबाट विजयी भएकीले संविधानमा उत्पीडित जाति र महिलाका अधिकारलाई सुनिश्चित गराउनु उहँ"को मुख्य एजेण्डा रहेको छ।[१]