जया एकादशी
हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ।
जया एकादशीको कथा[सम्पादन गर्ने]
जया एकादशीका विषयमा जुन कथा प्रचलित छ, त्यसबमोजिम धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्णसित निवेदन गर्दछन। माघ शुक्ल एकादशीका दिन कसको पूजा गर्नुपर्छ? र यस एकादशीको के महत्त्व के छ? श्री कृष्ण आज्ञा गर्नुहुन्छ। माघ शुक्ल पक्षको एकादशीलाई जया एकादशी भन्दछन। यो एकादशी अति नै पुण्यदायी छ, यस एकादशीको व्रत गर्नाले व्यक्ति नीच योनि जस्तै भूत, प्रेत, पिशाचको योनिबाट मुक्त हुनपुग्छ। श्रीकृष्णले यस सन्दर्भमा एउटा कथा पनि युधिष्ठिरलाई सुनाउनुभयो। नंदन वनमा उत्सव चल्दै थियो। त्यस उत्सवमा सबै देवता, सिद्ध, सन्त र दिव्यपुरूष उपस्थित थिए। त्यस समय गंधर्व गायन गर्दै थिए र गंधर्वकन्या नृत्य प्रस्तुत गर्दै थिए। सभामा माल्यवान नामक एउटा गंधर्व र पुष्पवती नामक एउटी गंधर्वकन्याको नृत्य हुदै थियो। त्यसै बीच पुष्यवतीको नज़र जसै माल्यवान उपर पर् यो ऊ त्यस गन्धर्वप्रति मोहित भई। पुष्यवती सभाको मर्यादालाई बिर्सिएर माल्यवान आफूतर्फ़ कसरी आकर्षित हुन्छ भन्ने ध्येयले नृत्य गर्न थाली। माल्यवानले पनि गंधर्वकन्याको भंगिमालाई देखेर आफ्नो होस गुमायो र गायनको मर्यादा उल्लङ्घन गर्यो, परिणामतः उसले बेसुरको अलाप गाउन थाल्यो। इन्द्र पुष्पवती र माल्यवानका अमर्यादित कृत्य देखेर क्रोधित भए र उनले दुबैलाई स्वर्गबाट वञ्चित हुने र पृथ्वीमा बसोवास गर्ने तथा मृत्युलोकमा अति नीच पिशाच योनिमा जन्म हुने श्राप दिए। यस्तो श्रापका कारण तत्काल दुबै जना पिशाच बने र हिमालय पर्वतमा एउटा वृक्षमा दुबैको निवास हुनथाल्यो। त्यहां पिशाच योनिमा रहदा यी दुईलाई अत्यन्त कष्ट अनुभव भयो। एक पटक माघ शुक्ल पक्षको एकादशीका दिन दुबै अत्यन्त दु:खी थिए त्यस दिन ती दुईले केवल फलाहारमात्र गरेका थिए। रात्रिको समयमा दुबैलाई असाध्यै जाडो हुदैथियो, अत: दुबै रातभर सँगै बसे तथा जागा नै रहे। जाडोका कारण प्रातःकालमा कठ्याङ्ग्रिएर दुबैको मृत्यु भयो र नजानिकन जया एकादशीको व्रत पालना हुन पुग्यो, अन्ततोगत्वा दुबैले पिशाच योनिबाट मुक्ति पाए। त्यसपछि माल्यवान र पुष्पवती पहिलेभन्दा पनि सुन्दर भए तथा स्वर्गलोकमा उनीहरूको स्थान पुनः प्राप्त भयो। देवराज इन्द्र दुबैलाई देख्नासाथ छक्क परे र उनले पिशाच योनिबाट कसरी मुक्ति प्राप्त भयो भनी जिज्ञासा राखे। माल्यवानले यो भगवान विष्णुलाई प्यारो लाग्ने जया एकादशीको प्रभाव भएको बताए। हामी दुबै जया एकादशीको प्रभावले पिशाच योनिबाट मुक्त भएका हौ। इन्द्र यस्ता कुरा सुनेर अति प्रसन्न भए र उनले भने- हजुरहरू जगदीश्वरका भक्त हुनुहुन्छ त्यसैले अबदेखि मेरा निम्ति आदरणीय हुनुहुन्छ, अतः हजुरहरू अब स्वर्गमा आनन्दपूर्वक विहार गर्नुहवस्। कथा सुनाएर श्रीकृष्णले बताउनुभयो- जया एकादशीका दिन जगतपति जगदीश्वर भगवान विष्णु नै सर्वथा पूजनीय हुनुहुन्छ। जो श्रद्धालु भक्तले यस एकादशीको व्रत लिने गर्छन, तिनले दशमी तिथिदेखि नै एक समय मात्र आहार गर्नुपर्छ। सत्विक आहारामा विशेष ध्यान दिनुपर्छ। एकादशीका दिन भगवान विष्णुको ध्यान गर्दै संकल्प गर्नुपर्छ र त्यसपछि धूप, दीप, चंदन, फल, तिल एवं पञ्चामृतले विष्णुको पूजा गर्नुपर्छ।
|
|||||||||||||||||||||||||||||||