जय राम दाहाल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् दाहाल माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। ०४५ विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा पाइला हाल्नुभएका दाहाल ०४७ मै जिल्ला समितिमा पुग्नुभयो। ०५९मा माओवादी क्षेत्रीय व्युरो सदस्य हुनुभएका दाहाल हाल राज्य समिति सदस्य र माओवादी बार इन्चार्ज हुनुहुन्छ। जनयुद्धको समयमामा मकवानपुर, काभ्रेमा काम गर्नुभएका दाहालले बुद्धिजीवी फाँटमा पनि काम गर्नुभयो।
बाराको भालुखोलाको घटनामा उहाँकी श्रीमती टीका नेपाल 'सरला' पनि मारिनुभएको थियो। त्यसबाला उहाँ अनेमसंघ क्रान्तिकारीकी जिल्ला सदस्य हुनुहुन्थ्यो।
०५६मा उहाँ वीरगञ्जमा ६ महिना जेल बस्नुभयो।
जनताका लागि शिक्षा , स्वास्थ्य र रोजगारलाई सविधानमै मौलिक हकको रूपमा सुनिश्चित गराउनु उहाँको मुख्य एजेण्डा हो। माओवादीको वैज्ञानिक नीति र कार्यदिशाका कारण र आफूले जनयुद्धमा गरेका लगानीका कारण चुनाव जितेको बताउनुहुन्छ।[१]