जर्ज बर्नाड शा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
George Bernard Shaw
जर्ज बर्नाड शा
जन्म(१८५६-०७-२६)२६ जुलाई १८५६
पोर्टोबेलो, डबलिन, आयरल्यान्ड
मृत्यु२ नोभेम्बर १९५०(1950-11-02) (उमेर ९४)
हर्टफोर्डशायर], इङ्ल्यान्ड
पेशाप्लेराइट, आलोचक, राजनीतिक कार्यकर्ता
राष्ट्रियताबेलायती (१८५६–१९५०)
आयरिश (दोहोरो राष्ट्रीयता १९३४–५०)

हस्ताक्षर

२६ जुलाई १८५६ मा आयरल्यान्डको डब्लिनमा जन्मेका अङ्ग्रेजी भाषा का प्रसिद्द् साहित्यकार ,बिश्लेषक एवं समालोचक । समाजिक समस्यामा आधारित ६० भन्दा बढि नाटक का रचनाकार शा, समसामयिक बिषयमा उन्ले लेखेका विचार प्रधान लेख हरूका कारण उत्तिकै प्रसिद्ध छन। ९४ वर्षको उमेरमा – २, नोभेम्बर १९५० मा स्वर्गिय भएका 'शा' कट्टर समाजवादी हुनाका साथै समाज सुधार कार्यमा समर्पित ब्यक्तित्व थिए|उनी विश्व प्रसिद्ध "लन्डन स्कूल अफ इकोनोमिक्स" ( London School of Economics) का सह संस्थापक हुन।

सन १९२५ का नोबेल पु‍रस्कार(साहित्य) बिजेता 'शा' सामान्य जीवन यापनमाविश्वास गर्द्थे त्यसैले उन्ले पुरस्कार रकम भने स्वीकारेनन| नोवेल पुरस्कार र चलचित्र का लागि प्रदान गरिने 'ओस्कार' पुरस्कार प्राप्त गर्ने उनी एक मात्र व्यक्ति हुन।