जलबिन्दु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आँखाभित्र भएका अंगको पोषणका लागि एक किसिमको तरल पदार्थ उत्पन्न हुने गर्छ । उपयोगिता सकिएपछि यो तरल पदार्थ आँखाका मसिना प्वालहरूबाट बाहिर निस्किन्छ । तर, उमेर वृद्धिसँगै प्वालहरू साना हुँदै जान्छन्, टालिँदै जान्छन् । अनि त्यो तरल पदार्थ बाहिर निस्किने प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । यसबाट आँखामा दबाब बढ्न थाल्छ । त्यो दबाबले आँखाले मस्तिष्कमा संकेत पठाउने नसा -अप्टिकल नर्भ फाइभर) लाई नष्ट गर्छ । सामान्यतः आँखामा बढी बल पर्नाले यस्तो हुन्छ । यो नसा धेरै संवेदनशील हुन्छ । त्यसैले अलिकति दबाब पर्दा पनि यसले काम गर्न छोड्छ । अनि दृष्टि कमजोर हुन थाल्छ । जलबिन्दु रोग निको हुँदैन । यो रोगले गुमेको दृष्टि फर्किंदैन । तर, समयमै रोग पहिचान गरेर उपचार प्रक्रिया सुरु गर्दा दृष्टि गुम्नबाट जोगिन्छ ।

बाहिरी कडीहरु[सम्पादन गर्ने]