जागर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कुमाउको जागरको एक दृश्य

भारतको उत्तराखण्डका साथै नेपालको सुदुर पश्चिम क्षेत्रमा देवी देवताहरूलाई आवहान गर्नकोलागी जागरको आयोजना गरिन्छ। जागरको अर्थ देवी देवताहरूलाई जगाउनु हो । जागरमा जगरिया (जगाउने मान्छे)ले मुख्य भुमिका निभाएको हुन्छ, जगरीयाले हुड्को, ढोल तथा दमाउ बजाएर देवि देवताको आवहानको लागि रामायण, महाभारत आदी धार्मिक ग्रंथहरूका कथाहरूका साथै जुन देवतालाई जगाउनु छ त्यो देवताको चरित्र स्थानिय भाषामा प्रस्तुत गर्छ । जगरीया सँगै दुइ-तिन जना अरु मान्छे पनि गाउनमा साथ दिन्छन् र एक जनाले काँसाको थाली बजाउने काम गर्छ। यसरी बाजा गाजा र गीतको धुन सुने पछि धामीको शरीर काँप्छ धामीलाई कुमाउनी भाषाडोटेली भाषामा डंगरिया भनिन्छ। डगरीया पूर्ण रूपले काँपे पछि उसको अगाडी चामल राखेर पुछ गरिन्छ पुछ भन्नाले सोध हो। तब डंगरीयाले पुछ गर्ने मान्छेको भुत भविष्य र वर्तमान सबै बताउन सक्छ भन्ने विश्वास गरिन्छ। जागर मन्दिर तथा घर दुवै ठाउँमा गराएको देखिन्छ मन्दिरमा जागर गर्दा सामुहीक जागर गराएको हुन सक्छ भने घरमा व्याक्तिगत जागरण गराएको मानिन्छ।

जागरका मुख्य पात्र[सम्पादन गर्ने]

जागर कार्यक्रममा मुख्य रूपले तिनवटा पात्रहरू रहेका हुन्छन्। जो यस प्रकार छन्:-

  1. जगरीया- जसले देवताको आवहान गर्छ अथवा देवता बोलाउने (जगाउने) काम गर्छ त्यसलाई जगरीया भनिन्छ। जगरियालाई देवताहरूको गुरु मानिन्छ। जगरीयाले हुड्को, ढोल, अथवा दमाउ बजाएर स्थानिय भाषामा देवताहरूको आवहान गर्छ, नचाउँछ र अन्तमा विधाई गर्छ।
  2. डंगरीया- जसको शरीरमा देवता अवतरीत हुन्छ अथवा जो डगमगाउँछ त्यो मान्छेलाई डंगरीया भनिन्छ। डंगरीया झाँक्री जस्तै हो झाँक्री र डंगरीयामा फरक यति छ की झाँक्रीले आफै ढ्यांग्रो ठटाएर देवता काँप्छ भने डंगरीया अर्काले कँपाएर काँप्छ। डंगरीयालाई धामी पनि भनिन्छ तर जागर गराइने ठाउँ कुमाउ, गढवाल र डोटीमा यो पात्रलाई डंगरीया नै भनिन्छ। डंगरीयाले जागरमा पुछ गर्नेहरूको प्रश्नको उत्तर दिन्छ, जगरीयाको संकेतमा नाँच देखाएर दर्शकहरूलाई मनोरंजन गराउँछ, केही अपत्याउँदा कलाहरू देखाएर दर्शकहरूलाई चकित पार्छ र दर्शकहरूलाई आफुमाथी अलौकीक शक्ति भेएको विश्वास दिलाउछ।
  3. स्योँकार- स्योँकारको अर्थ सेवाकार हो जसले जागरणको आयोजना आफ्नो घरमा अथवा देवताको मन्दिरमा गराउँछ उसलाई स्योँकार भनिन्छ। स्योँकारले जगरीया अथवा डंगरीयाको सेवा गर्छ, यति मात्र नभएर दर्शकहरूको लागि पनि भोजन पानीको व्यवस्था गर्छ। जसको घरमा प्राकृतीक विध्न बाधाहरू पर्छन्, अथवा जो व्याक्ती प्राकृतीक विध्न बाधाहरूबाट पिडीत छ त्यो व्याक्ती स्योँकार भएर जागरको आयोजना गर्छ। यसरी जागर गरेमा व्याक्ती विध्न बाधाहरूबाट मुक्त हुन सक्ने विश्वास गरिन्छ।

जागरको प्रकार[सम्पादन गर्ने]

जागर गर्ने केही गीतहरू[सम्पादन गर्ने]

जागरमा जगरीयाले सुरुवाती गीत आरती, अवतरण, प्रस्थान आदी समयानुशार फरक फरक गीत गाउँछ।

संध्या गीत[सम्पादन गर्ने]

जागरको आयोजना खास गरेर रात्री अथवा साँझको समयमा गरिन्छ। सबै भन्दा पहिले जगरीयाले देवताको आवहानको लागि संध्या गीत गाउँछ संध्या गित यस प्रकारको रहेको हुन्छ:-

जै गुरु-जै गुरु माता पिता गुरु देवात तब तुमरो नाम छू इजाऽऽऽऽऽऽ यो रुमनी-झूमनी संध्या का बखत में॥

तै बखत का बीच मी, संध्या जो झुलि रै। बरमाका बरम लोक मी, विष्णु का विष्णु लोक मी, राम जुकी अजुध्या मी, कृष्ण जुकी द्वारिका मी, यो संध्या जो झुलि रै, शंभु का कैलाश मी, ऊंचा हिमाल, गैला पताल मी,

हेर्नुहोस्[सम्पादन गर्ने]

जागर एक परिचय (हिन्दी भाषामा)