जामुनखाडी सिमसार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जामुनखाडी सिमसार
सिमसार क्षेत्रको प्रेवेस द्वार
सिमसार क्षेत्रको प्रेवेस द्वार
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा जिल्ला

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र झापा जिल्लाको सुरुङ्गा गाविसको वडा नं. २ र ५ तथा हाल कन्काई नगरपालिकाको डाँडागाउँमा अवस्थित छ। स्थानीय जामुनखाडी सामुदायिक वनभित्रको केही भू–भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रूपमा विकास गर्न शुरु गरिएको हो। पूर्व–पश्चिम राजमार्गबाट उत्तर लगभग एक किलोमिटको दूरीमा रहेको चारसय एक दशमलव २५ हेक्टर सामुदायिक वनको भू–भागमध्ये १० हेक्टर अर्थात १४ विगाह ८ कठ्ठा ६ धुर जमीनलाई समेत सिमसार क्षेत्रको रूपमा विकास गरिएको छ। ऐतिहासिक पृष्ठभूमि बोकेको गङ्गा र जमुना पोखरी रहेको सो क्षेत्रमा संरक्षण अभावका कारण हाल गङ्गा पोखरी अस्तित्वमा छैन भने जमुनाको संरक्षण र विकासका लागि विशेष पहल गरिएको छ। ४ विगाह क्षेत्रको बिचमा रहेको लाम्चो आकारको पोखरी पर्यटकको प्रमुख आकर्षणको विन्दु हो। आर्थिक आम्दानीलाई समेत मध्यनजर राख्दै पोखरीमा व्यवसायिक रूपमा डुङ्गा सञ्चालन गर्ने गरिएको र पोखरीमा माछापालन समेत गरिएको छ। विश्वमै दुर्लभ मानिएका अजिङ्गरहरू यहाँको आकर्षण हुन् । त्यसो त निश्चित सीमा निर्धारण गरी राखिएका मृगजरायो भालु,खरायो दुम्सी, चरीबाघ आदि यहाँका गहना हुन्।[१] यहाँ पर्यटकलाई पूर्ण आनन्द दिनको लागि हर सम्भव प्रयास गरिएको छ भने जामुन पोखरीमा झोलुङ्गे पुलको मजा पनि लिन सकिन्छ ।


तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]