जालपादेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्री जालपादेवी कीर्तिपुर नगरपालिका वडा नं. १५, चारघरेमा जालपादेवी मन्दिर अवस्थित रहेको छ । स्कन्द पुराणको माघ महात्म्य उल्लेख भएको शक्ति पिठहरूको बर्णन हुँदा सतिदेवीको तल्लो ओठ पतन भई पिशाचेश्वर महादेव उत्पत्ति भएका र शक्ति स्वरुप श्री जालपादेवी ज्वालामुखी योगिनीले उत्पत्ती भई तपस्या गरेको पुण्य भूमी उल्लेख गरेको पाइन्छ । साढे सात करोड पिठहरु मध्ये जालन्धर पिठ यस स्थानलाई मानिन्छ । कामधेनुले यहाँ आई तपस्या गरी मलमुत्र शुद्ध हुने बरदान पाएको पनि कथामा उल्लेख गरेको पाइन्छ ।


नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा रहेको देवीघाटमा यी देवीको मन्दिर रहेको छ। यस स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ। यहाँ सर्वप्रथम कामधेनु गाईले पूजा-आराधना गरेको मानिन्छ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकोले नेपालको इतिहासमा यसको विशेष महìव रहेको छ। यहाँ घटस्थापनादेखि नै भक्तजनहरूको घुइँचो लाग्छ।