जिब्रो छेड्ने जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा नया वर्षको दोस्रो दिन सिन्दुर तथा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ । जिब्रो छेड्ने जात्रालाई सहकालको देउताको रूपमा मान्ने गरिन्छ । रोग ब्याधी नलागोस्, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्राथना गर्दै सहकालका देउताको प्रर्थना गर्ने परम्परा रहेको छ । परापूर्व कालमा एउटा राक्षसले गाउंमा छिरेर दुख दिएको र त्यसलाई सबै जनताले मिलेर कहिले नफर्किने गरी गाउँबाट लखेटेको खुसीयालीमा सिन्दुर जात्रा मनाउन थालिएको किंवदन्ती छ भने राक्षसको सांकेतिक प्रदर्शनी स्वरूप जिब्रो छेड्ने जात्रा पनि मनाइने गर्दछ । जात्राको प्रमुख आर्कषण जिव्रो छेडाउने व्यक्ति हुने गर्दछ । जिब्रो छेडाउने व्यक्ति र आर्थिक अभावमा यो जात्रा संकटमा पर्दै गएको छ ।