जिल्ला प्रशासन कार्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जिल्ला प्रशासन कार्यालय जिल्लाको प्रमुख प्रशासकीय निकाय हो। यस कार्यालयले जनतालाई उपलब्ध गराउने सेवा सुविधालाई प्रभावकारी बनाउने दायित्त्व बोकेको हुन्छ। जिल्ला भित्र रहेका सरकारका विभिन्न निकाय र कार्यालयहरूको बीचमा समन्वय गराउने, नियन्त्रण गर्ने तथा उपलब्ध सेवाको अवस्थाको निगरानी गर्ने जिम्मेवारी पनि यस कार्यालयको हुन्छ।

स्थानीय पञ्जिकाधिकारीको काम पनि जिल्ला प्रशासन कार्यालय मार्फत गाविस र नगरपालिकामा प्रत्यायोजित हुन्छ। नागरिकको आधिकारिक विवरणको रेकर्ड राखी नागरिकता प्रमाणपत्र तथा राहदानी वितरण गर्नु जिल्ला प्रशासन कार्यालयको अर्को एक महत्त्वपूर्ण काम हो।

जिल्ला प्रशासन कार्यालयको प्रमुखमा प्रमुख जिल्ला अधिकारी (Chief District Officer) अर्थात् CDO रहन्छन्। प्रमुख जिल्ला अधिकारी जिल्लाभरका सरकारी कर्मचारीहरूका प्रमुखहरूका पनि प्रमुख रहन्छन्। सबै सरकारी कार्यालयले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यको रिपोर्टिङ गर्नु पर्दछ।

जिल्लाको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने ,राजनीतिकदलहरू तथा सुरक्षा निकायसँग समन्वय गर्ने ,दैविप्रकोप पिडितलाई तत्काल राहत पुर्याउने ,संघसंस्था दर्ता एवंम् नविकरण गर्ने ,आफ्नो अधिकार क्षेत्र भित्रका मुद्दाहरूको निणय गर्ने जनगुनासा सुन्ने र कारवाही गर्ने ,विकासनिर्माण कार्यको अनुगमन गर्ने ,ढिलासुस्ती र भ्रष्टाचारलाई नियन्त्रण गरी सुशासनको अनुभूति गराउने जस्ता कामगर्ने कार्यालय पनि यहि हो|

यस कार्यालयबाट प्रदान गरिने सेवाहरूको जानकारी कार्यालयको नागरिक वडापत्रमा उल्लेख गरिएको हुन्छ।

कार्यहरु[सम्पादन गर्नुहोस्]

जिल्ला प्रशासन कार्यालय अन्तर्गत गरिने कार्यहरू यस प्रकार छन्

  1. नागरिकता सम्बन्धि व्यवस्था
  2. राहदानीसम्बन्धि व्यवस्था
  3. विवाह दर्ता सम्बन्धि कार्य
  4. संस्था दर्ता तथा नाविकरण सम्बन्धि व्यवस्था
  5. शान्तिसुरक्षा र उजुरी सम्बन्धि कार्य

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]