जिवनप्रेम श्रेष्ठ
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जीवनप्रेम श्रेष्ठ
२०२६ सालदेखि राजनीतिमा संलग्न जीवनप्रेम श्रेष्ठ समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ५९ वर्षीय श्रेष्ठले राष्ट्रिय सभा सदस्य र राष्ट्रिय सभाकै सामाजिक न्याय समितिको सभापतिको जिम्मेदारी वहन गरिसक्नुभएको छ। नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका मुख्य सचिव रहिसकेका सभासद श्रेष्ठ हाल नेपाली कांग्रेसका पार्टी मुख्य सचिव हुनुहुन्छ। उहाँ २०५६ देखि २०५८ सालसम्म पार्टीको गोरखा जिल्ला सचिव हुनुहुन्थ्यो। राजनैतिक यात्राका क्रममा उहाँले राजकाज मुद्दा अन्तर्गत २०४२ सालमा ९ महिना जेल जीवन बिताउनुभएको छ। समाजसेवामा रुचि राख्ने जीवनप्रेम श्रेष्ठ त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक हुनुहुन्छ। राजनीति बाहेक उद्योग व्यवसाय उहाँको पेशा हो। उहाँका दुई छोरा र एक छोरी छन्। लामो राजनैतिक सक्रियता, सैद्धान्तिक निष्ठा र जनतासँगको निकट सम्पर्कका कारण आफू संविधानसभामा पुगेको उहाँको आकलन छ। पार्टीको एजेण्डा नै संविधानसभामा आफ्नो पनि एजेण्डा भएको उल्लेख गर्ने सभासद श्रेष्ठ समाजमा व्याप्त कुरीति हटाउने विषयमा आफूले विशेष जोड दिने बताउनुहुन्छ। लोकतान्त्रिक मूल्यमान्यता र सामाजिक न्यायमा जोड दिने संविधानले नै देशाको भविष्य उज्ज्वल बनाउन सक्ने उहाँको धारणा छ।