जुब्बा सोरेन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट विजयी संविधान सभा सदस्य जुब्बा सोरेन 'गीता' संविधान सभामा सन्थाल जातिको प्रतिनिधित्व गर्ने एक मात्र सभासद् हुनुहुन्छ। सोरेनले ७ कक्षासम्मको औपचारिक शिक्षा लिनुभएको छ। ३२ वर्षीया सोरेन विहे लगत्तै २०६० साल देखि राजनीतिमा लाग्नुभएको हो।

माओवादी मोरङ जिल्ला समितिकी सदस्य रहेकी सोरेनका भाइ पनि माओवादी पूर्णकालीन कार्यकर्ता हुनुहुन्छ। माओवादीको क्षेत्रीय समिति सदस्य रहेका सोरेनका श्रीमान् रामचन्द्र सोरेन 'अर्जुन' लाई शसस्त्र संघर्षका बेला विराटनगरमा तत्कालिन राज्यपक्षबाट हत्या गरिएको थियो।

सीमान्तकृत सन्थाल जाति र महिलाको प्रतिनिधित्व राज्यका हरेक अंगमा पुर्‍याउन संविधानमै सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा रहेको छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा