जुम्ला जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जुम्ला जिल्ला
Jumla district location.png
अञ्चल: कर्णाली अञ्चल
सदरमुकाम: खलङ्गा,
क्षेत्रफल: २,५३१ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ३०
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: हिमाल
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: नेपाली आदि
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०८७
प्रमुख जिल्ला अधिकारी: -
वेबसाइट: www.ddcjumla.gov.np
 हे  वा  सं 

जुम्ला जिल्ला कर्णाली अञ्चलमा पर्दछ यो कर्णाली अञ्चल सदरमुकाम तथा जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, श्वास्थ तथा ब्यापारको केन्द्र पनि हो

विषयसूची

[सम्पादन गर्ने] जिल्लाको नामाकरण

परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न टोक्न र्दुइवटा अजिंगर आउँदा भेटाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए। यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ।

[सम्पादन गर्ने] भौगोलिक अवस्थिती

  • अक्षांशः- २८. ५८" देखि २९. ३०" उत्तरी अक्षांश
  • देशान्तरः- ८१.१८" देखि ८२.१८" पूर्वी देशान्तर
  • क्षेत्रफलः- २५३१ वर्ग कि.मी.
  • औषत लम्वाईः-
  • औषत चौडाईः-
  • सिमानाः- पूर्व डोल्पा, पश्चिम कालिकोट, उत्तर मुगु र दक्षिण जाजरकोट
  • भौगोलिक बिभाजनः- हिमाल पहाड र पहाडी तथा हिमाली उपत्यकाहरू

[सम्पादन गर्ने] प्रमुख नदी र ताल तलैयाहरू

तिला, हिमा, जुवा नदिहरू हुन भने विष्णु ताल, हुड्के ताल, जोगीनी ताल, शङ्ख दह, ठाकुर ज्यू दह, गिडी दह आदी प्रमुख ताल र दहहरू हुन्।

[सम्पादन गर्ने] प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू

श्री चन्दन नाथ मन्दिर, श्री भैरव नाथ मन्दिर, श्री दरवार मन्दिर, श्री कनका सुन्दरी मन्दिर, श्री चिमरा मालिका भगवती मन्दिर, श्री शिव मन्दिर, श्री ठाकुर ज्यू मन्दिर, भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुाज खण्ड, सिंजाक्षेत्र, तातोपानी, हुड्के दह र पाण्डवगुफा यस जिल्लामा देखिएका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन्।

[सम्पादन गर्ने] व्यापारिक महत्वका स्थानहरू

यस जिल्लाको मुख्य व्यापारिक केन्द्र जुम्ला खलङ्गा बजार हो भने अन्य केही साना व्यापारिक केन्द्रहरू यसप्रकार छन् :- तलिउम, तातोपानी, नाग्मा, नराकोट, हाटिसंजा, उर्थु चौतारा, डिल्लीचौर, चौथा, मणिसांघु

[सम्पादन गर्ने] स्रोत


[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्

नेपालको क्षेत्रिय बर्गिकरण

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा