जैव-उद्विकास
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जीवहरूमा वातावरण र परिस्थितिहरूको अनुसार या अनुकूल कार्य गर्नको लागि क्रमिक परिवर्तन तथा यसको फलस्वरूप नयाँ जातिको जीवहरूको उत्पत्तिको क्रम-विकास या उद्विकास भन्छन्।[१] क्रम-विकास एक मन्द एवं गतिशील प्रक्रिया हो जसको फलस्वरूप आदि युगको सरल रचना वाला जीवहरू भन्दा अधिक विकसित जटिल रचना वाला नयाँ जीवहरूको उत्पत्ति हुन्छ।[२] जीव विज्ञानमा क्रम-विकास कुनै जीवको आबादीको एक पीढी बाट दोस्रो पीढीको समयमा जीनमा आएको परिवर्तन हो। हुनत कुनै एक पीढीमा आएका यी परिवर्तन धेरै साना हुन्छन् तर हरेक पीढी सँग यो परिवर्तन संचित हुन सक्छ र समय सँग ति जीवको आबादीमा एकदम परिवर्तन ल्याउन सक्छन्। यो प्रक्रिया नयाँ प्रजातिहरूको उद्भव [३] मा परिणित हुन सक्छ। खासगरि, विभिन्न प्रजातिहरूको बीचमा समानता यस कुराको द्योतक छ कि सबै ज्ञात प्रजातिहरू एक नै साधारण पूर्वज (या पुर्ख्यौली जीन पूल)को वंशज हो र क्रमिक विकासको प्रक्रियाले यिनलाई विभिन्न प्रजातिहरूमा विकसित गरेको छ।[४]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ सिंह, गौरीशंकर (मार्च १९९२), हाई-स्कूल जीव-विज्ञान, कोलकाता: नालन्दा साहित्य सदन, p. ८२
- ↑ यादव, नारायण, रामनन्दन, विजय (मार्च २००३), अभिनव जीवन विज्ञान, कोलकाता: निर्मल प्रकाशन, p. २२१
- ↑ (Gould 2002)
- ↑ Futuyma, Douglas J. (2005), Evolution, Sunderland, Massachusetts: Sinauer Associates, Inc, ISBN 0-87893-187-2
यिनलाई पनि हेर्नुहोस[सम्पादन गर्ने]
बाहिरी कडिहरू[सम्पादन गर्ने]
- डार्विन को विकासवाद को प्रासंगिकता (डी डब्ल्यू वर्ड)
- विकसित होता विकासवाद
- कसरि थिए पृथ्वी को प्रारंभिक जीवधारी? ललित किशोर पांडेय
