जोखबहादुर महर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

जोखबहादुर महरा 'प्रताप' एकिकृत नेकपा माओवादीको समानुपातिक तर्फबाट अन्य समूहको नेतृत्व गर्दै संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको हो।

माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव महरा पार्टीमा आफूले पुर्‍याएको योगदान र पार्टी प्रति जनताको विश्वास नै आफ्नो विजयीको कारण भएको बताउनुहुन्छ। महराले संविधान सभा सदस्यमा निर्वाचित हुनुलाई पार्टीले दिएको जिम्मेवारीको रूपमा लिनुपर्ने बताउनुभयो।।

४५ वर्षअघि रोल्पाको पूर्वी गाउँ गजुल २ काट्नेमा सामान्य क्षेत्री परिवारमा जन्मेका थिए महरा विद्यार्थीकालदेखि नै राजनीतिमा लागेको बताउनुहुन्छ। लामो समयसम्म शिक्षण पेशामा लागेका महराले स्थानीय विद्यालयमा नै अध्यापन गर्नुहुन्थ्यो।

माओवादीले शसस्त्र जनयुद्ध थालनी गरेपछि भूमिगत भएका महरा त्यस अगाडि पनि रोल्पाका भएका वर्ग सघर्षका विभिन्न आन्दोलनमा भाग लिएको बताउनुहुन्छ।

काठमाडौं २ बाट निर्वाचित संविधान सभा सदस्य झक्कुप्रसाद सुवेदी सहपाठी महराको पार्टीले दिने जिम्मेवारीलाई आफूले संविधान सभामा प्रस्तुत गर्ने बताउनुभयो। [१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा