जोगमाई नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जोगमाई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यसको मुहान सिंगलिला पर्वत शृङ्खलाको तुम्लिङ भन्ने ठाउँमा पर्दछ । इलाम नगरपालिकाको तिलकेनी गाउँदेखि पूर्व, नामसलिङभन्दा दक्षिण गोदकदेखि पश्चिममा अवस्थित माईबेनीमा माई मिसिएपछि यसको नाम पनि माई मा नै परिवर्तन हुन्छ ।