जोनी डेप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोनी डेप
स.न् २००९ मा पेरिसमा चलचित्र पब्लिक इनिमीज को प्रथम प्रदर्सनीमा जोनी डेप
जन्मजोन क्रिस्टोफर डेप II
सन् १९६३।६।९
ओवेन्स्बोरो,केन्टकी, यु.के
पेशाकलाकार,पटकथा लेखक,निर्देसक्,निर्माता,संगीतकार
कार्यकालसन् १९८४-वर्तमान
उचाइ५ फिट १० इन्च (१.७८ मी) [१]
जीवनसाथीलोरी ऐनी ऐलिसन
समकक्षीभेनिसा प्याराडिस
सन्तान

जोन क्रिस्टोफर "जोनी" डेप (जन्मः जुन ९, १९६३) अमेरिकाका प्रसिद्ध कलाकार,चलचित्र निर्माता र संगीतकार पनि हुन। उनले सर्वश्रेष्ठ कलाकारको लागि गोल्डेन ग्लोब अवार्डस्क्रीन ऐक्टर गिल्ड जितेका छन्। २१ जम्प स्ट्रीट (१९८७-१९८१) नामक टेलिभिजन श्रृखलामा डेप युवाहरूको प्रतिनिधित्व गरेका थिए। तर त्यस कुराबाट असन्तुस्ट भएर डेपले चलचित्रमा अझ एड्वर्ड सिजरह्यान्ड्स्(१९९०) चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका थिए र पछि गएर स्लीपी हलो (१९९९), चार्लि एन्ड् चोकोलेट् फ्याक्ट्रि (२००५), एलिस इन द वोन्डरल्यान्ड्(२०१०) र पाइरेट्स अफ् द क्यारिबिअन:द कर्स अफ् द ब्ल्याक पर्ल्(२००३-वर्तमान्)। उनले आफ्नो निर्देशक मित्र टिम बर्टनसँग आठ वटा चलचित्रमा काम गरे; हालको चलचित्र डार्क स्याडो(२०१२) हो।

डेपले आफ्नो हरेक चलचित्रमा अभिनयको लागि थुप्रै सराहना पाएका छन्, एड् वूड् मा 'एड् वूड',डोनि ब्रास्कोमा जोसेफ डि पिस्टोन,फेअर् एन्ड् लोदिङ इन लस भेगस् मा 'हन्टर एस् थोम्प्सन' र मिकेल मनको पब्लिक एनिमिज मा 'जोन डिलिङर्' उनका प्रसङ्सा गर्न योग्य भूमिका छन्। उनी धेरै पटक प्रमुख अवार्ड्स को लागि मनोनित भएका छन्। उनी थुप्रै प्रमुख अवार्ड्स का लागि मनोनित पनि भएका छन्। उनले स्वीने टोड्: द डेमोन बार्बर अफ फ्लीट स्ट्रीट् क लागि गोल्डेन् ग्लोब्स्बाट सम्मानित भए भने स्क्रीन ऐक्टर गिल्डबाट पाइरेट्स अफ् द क्यारिबिअन्:द कर्स अफ् द ब्ल्याक पर्ल् का लागि पनि सम्मनित भए। उनी गिनेस बूक अफ् वर्ल्ड रेकर्ड्स् (२०१२) मा सबैभन्दा बढी महँगो कलाकार को रूपमा थिए।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

डेप १९६३ मा ओवेन्स्बोरो,केन्टकी मा जन्मेका थिए [२][३]। उनको बुवाको नाम बेटी सु पल्मर् र आमाको नाम क्रिस्टोफर डेप। उनको बाल्यकाल्मा उनी २० भन्दा बढी ठाउँमा बसे। डेपले सानो छदा नै मानसिक तनाव ले आफैले आफुलाई दु:ख पुर्याउने कामहरू गर्थे। १९९३ म एउटा अन्तर्वातामा डेपले आफ्नो जीवन को वर्णन गर्दै भनेका थिए "मेरो शरीरमा मैले आँफैले बनाएको घाऊ होस् वा कुनै पेसेवरले बनाएको ट्याटू सबैले मेरो जिन्दगीको व्याख्या गर्छ [४]। १२ वर्षको हुँदा उनको आमाले दिएको गीतार उनी ग्यारेज ब्यान्ड्स मा बजाउने गर्थे [५] । त्यसपछि उनले रक सिटि एअन्जल्स् ब्यान्ड सँग मिले [६] र 'म्यारि' भन्ने गीत लेखे जुन गेफेन रेकर्ड्स मा रक सिटि एअन्जल्स् को पहिलो प्रवेश को लागि देखा पर्‍यो [७]

अभिनेताको रूपमा[सम्पादन गर्नुहोस्]

स.न् १९९२मा आयोजित क्यानस चलचित्र महोत्सवमा जोनी डेप

डेपको पहिलो मुख्य भूमिका १९८४ मा अ नाइट्मेर इन एल्म स्ट्रिट नामक चलचित्रमा थियो [५]। १९८६ मा उनी अलिभर स्टोनको प्लाटून् चलचित्रमा सहायक भूमिकामा देखा परे। १९९० म उनले टिम् बर्ट्न् को एड्वार्ड् सिजरह्यान्ड्स् मा काम गरे। यस चलचित्रको सफलताले गर्दा उनको र टिम् बर्ट्न्को मित्रता सुरु भयो [५]। उनले धेरैपटक थोम्प्सन सँग पनि काम गरे,फेअर् एन्ड् लोदिङ इन लस वेगस्(१९९८), गन्जो:फोटोग्राफ्स बाइ हन्टर एस्. थोम्प्सन(२००६), गोन्जो:द लाईफ एन्ड् वोर्क अफ् डा. हन्टर् एस्. थोम्प्सन। २००३ मा पाइरेट्स अफ् द क्यारिबिअन:द कर्स अफ् द ब्ल्याक पर्ल् सफल भयो र डेपले ज्याक् स्प्यारो को रूपमा आफ्नो भूमिका अत्यन्त राम्ररी निभाए र त्यसका लगि उनी सम्मानित पनि गरिए [८] । यस लगायत उनले अरु थुप्रै चलचित्रमा काम गरेर सफल भए।

अरु रुची[सम्पादन गर्नुहोस्]

संगीत[सम्पादन गर्नुहोस्]

डेपले ओअसिस् को "फेड इन आउट" बि हेर नाउ र "फेड अवे" डन्ट् गो अवे स्लाईड् गिटार् बजाएका छन्। उनी पि को सदष्य पनि हुन जसमा बटहोल् सर्फर्स्, गायक गिब्बि ह्यनस्, रेड् हट् चिलि पेप्पर्स्, फ्लिआ, सेक्स् पिस्टल्स्स्टिव जोन्स् पनि छन्। उनी टम् पेटि एन्ड् द हार्ट्ब्रेकर्स् को इन्टु द ग्रेट वाइड ओपन् र लेमन्हेड्स् को इट्स् अ श्यम् अबाउट रे साङ्गितिक भिडियोमा देखापरेका थिए।

सम्पादन[सम्पादन गर्नुहोस्]

जुलाई २०१२ मा डेपले घोषणा गरे कि उनी लोक सङ्गीतकार डोउग्लास् ब्रिन्क्ले सङ्ग मिलेर वूडि गुथ्रिको प्रकाशन नभएको "हाउस् अफ् अर्थ" सह-सम्पादन गर्नेछन् [९] जुन २०१३ मा प्रदर्शनी मा आउने भनिएको थियो [१०]

निर्माताको रूपमा[सम्पादन गर्नुहोस्]

२००४ म डेपले आफू कलाकार र निर्माता बनेर नय आयोजनको बिकाश गर्न आफ्नो इन्फिनिटम निहिल निर्माण संस्था खोले। उनको संस्थाको पहिलो चलचित्र द रम डाएरि २०११ मा आयो र यो हन्टर् स् थोम्प्सनको नोवल अफ् द सेम नेमबाट लीइीएको थियो। यसैगरी २०११ म मार्टिन स्कोर्सेस्बाट निर्देशित हुगो [११] र २०१२ मा टिम बर्टन बत निर्देशित डार्क स्याडो प्रदर्शन भयो[१२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Johnny Depp Weight, Height, Age, Measurements, Net Worth", Celebrities Measurement, अन्तिम पहुँच २०१५-११-२६ 
  2. "जोनी डेप को जन्म", entertainment weekly, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 
  3. "सेलिब्रेटी सेन्ट्रल मा जोनी डेप", people:celebrity central, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 
  4. "जोनी डेपको संघर्ष", self-injury.net, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण १ नोभेम्बर २०१३ मिति
  5. ५.० ५.१ ५.२ "जोनी डेप र ग्यारेज ब्यान्ड", Inside the Actors Studio, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 
  6. "जोनी डेप र रक सिटी एन्जल्स", sleaze roxx, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण ८ मे २००६ मिति
  7. "जोनी डेप ले लेखेको पहिलो गीत", youtube, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 
  8. "जोनी डेप को सफलता", movies online, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 
  9. "जोनी डेपको सम्पादन", अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 
  10. "जोनी डेपको हाउस अफ अर्थ", अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 
  11. "जोनी डेपबाट निर्माण भएको हुगो", hollywood, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 
  12. "टिम बर्टन सँग डार्क स्याडो", variety, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]