जोहान क्राइफ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जोहान क्राइफ
१९७४ मा क्राइफ नेदरल्याण्डका साथमा
व्यक्तिगत जानकारी
पुरा नाम हेन्ड्रिक जोहान्नेस क्राइफ
जन्म स्थान एम्स्टर्डम,नेदरल्यान्ड
उचाइ १.८० मी (५ फिट ११ इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर/एट्याकिंग मिडफिल्डर
युवा करियर
1957–1964 Ajax
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९६४–१९७३ Ajax २४० (१९०)
१९७३–१९७८ Barcelona १४३ (४८)
१९७८–१९७९ Los Angeles Aztecs २३ (१३)
१९७९–१९८१ Washington Diplomats ३० (१२)
१९८१ Levante १० (२)
१९८१–१९८३ Ajax ३६ (१४)
१९८३–१९८४ Feyenoord ३३ (११)
जम्मा ५१४ (२९०)
अन्तर्राष्ट्रिय करियर
१९६६-१९७७ Netherlands ४८ (३३)
प्रबन्धक करियर
१९८५–१९८८ Ajax
१९८८–१९९६ Barcelona
२००९–२०१३ Catalonia
*क्लब घरेलु लिग उपस्थिति र गोल

हेन्ड्रीक जोहान्नेस क्राइफ (जन्म २५ अप्रिल १९४७), जोहान क्राइफ नामले चिनिन्छन जो पुर्व डच फुटबलर हुन र केही क्लबमा प्रबन्धकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । १९७१, १९७३ र १९७४ गरी ३ पटक बलोन डी'ओर जितेका क्राइफले यो किर्तिमान फ्रेन्च प्लेमेकर मिचेल प्लाटीनी र डच समकक्षी मार्को भान बास्टेनसँग साझा गरेका छन । राइनस मिचेल्सले थालेको फुटबलको चर्चित शैली टोटल फुटबलका उत्प्रेरक क्राइफलाई नेदरल्यान्डका उत्कृष्ट फुटबलरको रूपमा लिइन्छ भने केहीले उनलाई विश्वकै उत्कृष्ट दावी गर्दछन । उनले नेदरल्यान्डलाई १९७४ फिफा विश्वकपको फाइनलसम्म पुर्याएका थिए भने प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल प्राप्त गरेका थिए । क्लब स्तरमा क्राइफले एज्याक्सबाट आठ डच लिग र ३ युरोपियन कप जिताउन ठुलो भुमिका निभाएका थिए । १९७३ मा किर्तिमानी स्थानान्तरण रकमका साथ एफसी बार्सिलोना प्रवेश गरेका उनले पहिलो सिजनमै ला लिगा जिताए ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]