ज्ञानेन्द्र कुमाल
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् ज्ञानेन्द्र कुमाल 'सुरज' संविधानसभामा प्रतिनिधित्व गर्ने कुमाल जातिका तीन सभासद्मध्ये एक हुनुहुन्छ। कुमाल कुमाल राष्टिय मुक्ति मोर्चाको केन्द्रीय संयोजक पनि हुनुहुन्छ। ०४८ देखि राजनीतिमा लाग्नुभएका कुमाल ०५२ देखि मात्र सक्रिय हुनुभएको थियो। ०५६ सालमा उहाँ अखिल क्रान्तिकारीको जिल्ला समिति सदस्य हुनुभयो। त्यसपछि उहाँ जनमुक्ति सेनामा भर्ती हुनुभयो। कास्की प्लाटुनको सेक्सन कमा48डरहुँदै उहाँ एसटीएफ कमा48डर हुनुभयो। ०५९ देखि उहाँ हतियार बनाउने प्राविधिक क्षेत्रमा लाग्नुभयो। उहाँ पछि जनमुक्ति सेनाको बटालियन सहकमा48डर हुनुभयो। उहाँले बेनी, स्याङ्जाजस्ता थुप्रै जनमुक्ति सेनाले गरेका आक्रमणमा भाग लिनुभयो।
शहीद यशोदा बस्नेत 'निश्चल'की उहाँ पति हुनुहुन्छ। २८ वर्षीय कुमाल इन्जीनियरिङमा प्रमाणपत्रतह पास गर्नुभएको छ।
अल्पसंख्यक जातिको सघीय सञ्चरनामा स्थानीय स्वायत्तता र नहुने ठाउँमा विशेष अधिकार सविधानमै सुनिश्चित गराउने उहाँको एजेण्डा रहेको छ।[१]