ज्वालाकुमारी साह
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् ज्वालाकुमारी साह क्रान्तिकारी जनपरिषद्को केन्द्रीय सदस्य तथा माओवादी बारा सदस्य हुनुहुन्छ। ०५५मा अखिल क्रान्तिरीको कोषाध्यक्ष भएपछि उहाँ राजनीतिमा समर्पित हुनुभएको थियो। ९ कक्षा पढ्ने बेलादेखि राजनीति लाग्नुभएकी साह ०५६ देखि पूर्णकालीन हुनुभएको थियो। उहाँका बाबा आमा एमालेको राजनीति गरे पनि बेलाबेलामा आउने मशालका नेताहरूले उहाँलाई प्रभावित पारेका थिए। उहाँ ०५६ मै अनेमसंघ क्रान्तिकारीको बारा अध्यक्ष हुनुभयो। उहाँका श्रीमान् अमृत शर्मा बजगाईं माओवादी बारा सदस्य हुनुहुन्छ।
२५ वर्षीया साहका विशेष गरी मधेसी महिलालाई पनि राज्यको हरेक अंगमा समान सहभागी गराउने कानूनमै व्यवस्था गर्ने उहाँको मुख्य एजेण्डा छ।[१]