झक्कुप्रसाद सुबेदी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
धेरैको अनुमान विपरित नेकपा एमालेका तत्कालिन महाससचिव माधव नेपाललाई काठमाडौं २ बाट पराजित गरेर एकाएक चर्चामा आएका एकिकृत नेकपा माओवादीका संविधान सदस्य झक्कुप्रसाद सुवेदी जनताको पार्टी प्रतिको विश्वास नै विजयीको कारण भएको बताउनुहुन्छ।
जनमोर्चा नेपालको तर्फबाट २०४९ सालमा रोल्पा जिल्ला सभापति समेत भइसकेका सुवेदीले २०३५ साल देखि विद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरु गर्नुभएको थियो। जनयुद्ध थालनीताका जिविस सभापति सुवेदीलाई पक्राउ गरी सभापतिको कार्यकाल सकिने बेला मात्र हिरासत मुक्त गरिएको थियो।
नेपालबाहेक भारतमा समेत कार्यक्षेत्र बनाएर काम गरेका सुवेदीका सपरिवार नै माओवादीको राजनीतिमा संलग्न छन्। उनका एक छोरा र दुई छोरी माओवादीको शसस्त्र सेनामा छन् भने अर्का एक छोरा जनमुक्ति सेनाका डेपुटी कमाण्डर पासाङका दोभाषेको रूपमा कार्यरत छन्।
२०१८ माघ २८ गते रोल्पाको गजुल ४ पानीपोखरामा जन्मेका सुवेदी हाल नेवा राज्य समितिका सचिव पनि हुनुहुन्छ। स्नातक तहसम्म अध्ययन गरेका सुवेदीले पनि रोल्पामा लामो समयसम्म शिक्षण पेशामा लाग्नुभएको थियो।
सुवेदीका पिता देवप्रकाश र आमा खिमा रोल्पामा नै बस्दै आउनु भएको छ। पार्टीको घोषणापत्र अनुसारको संविधान लेखन बाहेक आफ्ना मतदाताको अपेक्षा अनुसारको काम गर्नु नै आफ्नो कर्तव्य भएको सुवेदी बताउनुहुन्छ। [१]