टङ्कप्रसाद आचार्य

नेपाली विकिपीडियाबाट
(टंकप्रसाद आचार्य बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

प्रजातन्त्रवादी नेता, नेपालको जेठो राजनैतिक पार्टी नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष एवम् नेपालका भूतपूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको जन्म वि.सं. १९६९ साल मंसिर १७ गते आइतबार भएको हो। उनले वि.सं. १९९३मा (२२ वर्षको उमेरमा) नेपाल प्रजा परिषद्को स्थापना गरे। १९९७ सालमा राणा शासनविरुद्ध पर्चा छरेपछि पक्राउ पर्ने २ सयजना व्यक्तित्वमा उनी पनि थिए। २००३ सालमा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्दा प्रजापरिषद्को बलिदान सम्झेर उनलाई सभापति बनाइयो।

२००७ सालको क्रान्तिको आधारभूमि तयार पार्ने ५ जना युवाहरू- टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्माजीवराज शर्मा थिए। देशमा प्रजातन्त्र आएपछि २०१३ सालमा टंकप्रसाद देशको प्रधानमन्त्री बने।

प्रथम पञ्चवर्षिय योजनाको थालनी, राष्ट्रबैंकको स्थापना र देशभरि नेपाली मुद्राको प्रचलन, निजामति सेवामा सुधार, निजामती सेवा नियमावली लागू, भूमिसुधार, पञ्चशीलका आधारमा परराष्ट्रसम्बन्धको विकास, राष्ट्रसंघमा नेपालको प्रवेश, शिक्षा विकासका लागि अधिराज्यलाई ७ शैक्षिक क्षेत्रमा विभाजन, राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना जस्ता काम आचार्यको कार्यकालमा भए। उनको निधन २०४९ साल वैशाख ११ गते भयो। टंकप्रसाद आचार्यका छोरा कुसुमाकरको २०५६ साल बैशाख १ गते निधन भयो। जलस्रोत मन्त्रालयअन्तर्गत विद्युत् विकास केन्द्रमा २०३७ साल भदौ १२ देखि कार्यरत इन्जिनियर कुसुमाकरको जन्म २०१२ साल माघ १२ गते भएको थियो। कुसुमाकर रुसमा पढेका इञ्जिनियर थिए।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा