टिम्बुरबोटे काण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टिम्बुरबोटे काण्ड वि.सं २०३१ पुष १ गते सोलुखुम्बु जिल्लाको तिङ्गला गाउँको टिम्बुरबोटे जङ्गलमा घटेको घटना हो। यस सरकारी दमनमा नेपाली कांग्रेसका १३ जना स्वतन्त्र सेनानीहरूको हत्या भएको थियो ।[१] यो घटना वी.पी. कोइरालाको नेतृत्वमा २०३०/३१ सालमा नेपाली कांग्रेसले पंचायती व्यवस्थाविरुद्ध शसस्त्र क्रान्ति गरकै बेला घटेको थियो।

घटना[सम्पादन गर्नुहोस्]

वि.सं. २०३१ पुष १ मा भएको टिम्बुरबोटे काण्डमा मारिने १३ स्वतन्त्र सेनानीमध्येका कमाण्डर यज्ञबहादुर थापा थिए । त्यसबखत कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा भू.पू. सैनिकहरू लगायत ठूलो संख्यामा भारतको फारबिसगञ्ज, बथान बीरपुर र बनारसमा तलिम दिई लडाकूहरू तयार गरिएको थियो। तालीम प्राप्त लडाकुहरूको डरुड्ढाले पूर्वी पहाडी जिल्लाहरू कब्जा गर्दै स्थानीय सरकार गठन गर्दैअघि बढ्दै ओखलढुंगा पुग्यो। त्यसपछि सीमावर्ती सोलुखुम्बु जिल्लाको तिङ्गला जंगल बासस्थान बनाई क्रान्ति गरेका यी समूहलाई सरकारी पक्षले धरपकड गरी श्याम गुरुङ, पदम प्रकाश, राम-लक्ष्मण उपाध्याय आदि थुप्रै मारिए । महेश कोर्मोचा भने बच्न सफल भएका थिए। मार्च २, सन् २०१६ मा घटनाको ४१ वर्ष पश्चात यस काण्डमा मारिएका केही व्यक्तिहरूलाई सहिद घोषणा गरियो ।[२]

स्रोत[सम्पादन गर्नुहोस्]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]