टेकनाथ रिजाल

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

'टेकनाथ रिजाल नेपाली मूलका भुटानी नेता हुनुहुन्छ। उहाँको जन्म २००४ साल फागुन १३ गते दक्षिण भुटानको लामीडाँडामा भएको हो।

भुटानी राजाले एक लाखभन्दा बढी नेपालीलाई त्यहाबाट खेदाए । ती अरु भुटानका नेपाली जस्तै उहा पनि नेपाल बस्दै आउनुभएको छ । भुटानबाट धपाइएका नेपाली उतै र्फकन पाउनुपर्छ भनेर आवाज उठाइरहनुभएको छ । लामीडाँडा क्षेत्रबाट चुनाव जितेर प्रतिनिधि भई डेढ दशकसम्म भुटानको सेवा गर्नुभयो । उहाँ भुटानका लोकप्रिय नेता हुनुभयो । सुरूमा अलैंची, स्याउलगायत अन्य फलफूलका व्यापारी रहनुभयो । भुटानमा रहँदा रिजालको निजी कार थियो । राम्रो बंगला र सुखी परिवार थियो । उहाँले भारतको बनारसबाट संस्कृतमा आचार्य गर्नुभएको छ । उहाँ भुटानी नरेशलाई शिक्षा र भ्रष्टाचार नियन्त्रणमा सल्लाह र सहयोग गर्ने मुख्य व्यक्ति हुनुभयो ।

भुटानमा भएको जनगणनाले भुटानी नागरिकलाई वंशज, बसाइ सरेर आएका र गैरभुटानी भनी तीन वर्गमा बाँढ्यो । नेपाली मूलका अधिकांश नागरिकलाई गैरभुटानी समूहमा राखिएकोमा उहाँले राजा समक्ष चित्त नबुझेको बताउनुभयो । राजाले मेरो विरोध पो गर्‍यो की भनेर शंका गरे । संसदको उपसभामुखमा राजाका मान्छेले जितेनन् । उहाँले समर्थन गरेको मान्छेले जिते । राजालाई शंका बढ्यो । भुटानी राजाका मान्छेले उहालाई खेदाए । उहाँलाई भुटानमा मार्न खोजियो । त्यसपछि भारतको आसाम हुँदै २०४५ भदौ अन्तिमतिर नेपाल आउनुभयो ।

रिजाललाई त्यसबेलाको पञ्चायती सरकारले मंसिर १ गते झापा जिल्लाबाट पक्राउ गर्‍यो । भुटान सरकालाई बुझायो । त्यसपछि १० वर्षसम्म थुनिनुभयो । जेलमा धेरै दुःख दिइयो । दश वर्षपछि जेलबाट मुक्त गरियो । त्यसपछि राजासग भेट्न भनेर उहाँ दुई वर्ष भुटानको राजधानी थिम्पूमा बस्नुभयो । तर भेट्न दिइएन । अनि भारतको सिलिगुढी जानु भयो । सिलिगुढी, कोलकातादिल्लीमा औषधी-उपचार गर्नुभयो । जेलमा दुःख दिएकाले बिरामी हुनुभएको थियो । उहाँ नयाँ दिल्ली हुँदै २०६० असोज ३० गते काठमाडौं आउनुभयो ।

२०६१ असोज १ मा नेपाल सरकारले रिजाललाई संसार-भ्रमण गर्ने अनुमति दियो । पहिले अनुमति नदिएकाले उहाले अनसन बस्नुपरेको थियो । अनुमति दिएपछि उहाले जेनेभामा भएको राष्ट्रसंघीय शरणार्थी उच्च आयोगको बैठकमा भाग लिनुभयो । उहाँको आत्मकथाको पुस्तक 'निर्वासन' प्रकाशित छ । उहाँले प्रकाश काफ्ले अन्तर्राष्ट्रिय ऐक्यबद्धता पुरस्कार लगायत अन्य थुप्रै पुरस्कार पाउनुभएको छ ।