टेकेन्द्र प्रसाद भट्ट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
प्रत्यक्ष प्रणालीबाट संविधानसभामा पुग्ने माओवादीका चार जोडीमध्ये एक हुन् टेकेन्द्रप्रसाद भट्ट पनि। भट्टपत्नी रेणु चन्द काङ्ग्रेस नेता विनयध्वज चन्दलाई हराएर सभासदमा चुनिनुभएको छ। ०५१ देखि एमाले अखिलबाट राजनैतिक यात्राको तय गर्नुभएका भट्ट क्याम्पसको पढाइको थालनीसँगै मसाल निकट अखिल छैठौंमा प्रवेश गर्नुभएको थियो। उहाँ मसालबाट विद्रोह गरेर माओवादीमा प्रवेश गर्ने दीनानाथ शर्मासँगै माओवादीमा छिर्नुभएको थियो। उहाँ ०५७मा माओवादीको जिल्ला समिति सदस्य ०५९मा सचिव र ०६०मा डढेलधुरा इन्चार्ज बन्नुभयो। उहाँ जनमुक्ति सेनातिर पनि काम गर्नुभयो। प्लाटुनको कमिसार हुनुभयो। थुप्रै युद्धमोर्चाहरूमा भाग लिनुभएको छ। भट्ट हाल थारुवान राज्य समिति सदस्य हुनुहुन्छ।
मुक्त कमैयाका समस्यालाई कानूनले सम्बोधन गर्ने गरी सविधानमै सुनिश्चित गराउनु उहाँको मुख्य एजेण्डा छ। उहाँ माओवादीको अग्रगामी नीति र कार्यदिशाका कारण आफूलाई विजयी बनाएको बताउनुहुन्छ। [१]