टोपबहादुर रायमाझी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(टोप बहादुर रायमाझीबाट अनुप्रेषित)
टोपबहादुर रायमाझी
माननीय [[ऊर्जामन्न्री, नेपाल]]
कार्यकाल
२०७२–२०७३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीकेपी ओली
उपराष्ट्रपतिनन्द बहादुर पुन
पूर्वाधिकारीराधा ज्ञावाली
उतराधिकारीजनार्दन शर्मा

टोपबहादुर रायमाझी नेपाली राजनीतिज्ञ हुन्। नेकपा माओवादीबाट राजनीतिमा आएका उनी हाल नेकपा एमालेमा छन्। प्रतिनिधि सभा निर्वाचन २०७९ मा उनी अर्घाखाँची जिल्लाबाट निर्वाचित भएका छन्।[१]

यसअघि अर्घाखाँची-१ बाट नै माओवादीको तर्फबाट सांसद निर्वाचित भएका थिए । त्यतिखेर माओवादी सचिवालय सदस्य एवं मधेस इन्चार्ज थिए । वि. सं. २०३६ देखि राजनीतिमा लागेका उनी २०४६ मा अनेरास्ववियु छैटौंको अध्यक्ष, वाईसीएलको संस्थापक संयोजकसमेत भएका थिए। २०४७ मा बाबुराम भट्टराईसहित पार्टी एकता गर्दा उनी पनि माओवादीमा मिसिन पुगेका थिए । २०५४ माओवादीको पोलिटब्युरो सदस्य र दुईचोट प्रवास इन्चार्ज भए । संकटकालमा पश्चिमाञ्चल इन्चार्ज थिए।

बीएस्सीसम्मको औपचारिक शिक्षा लिएका रायमाझी तेकान्दोोका ब्ल्याक बेल्ट पनि हुन्। अर्घाखाँची, खाँडामा जन्मिभएका उनी २०४८ मा पनि संयुक्त जनमोर्चाको तर्फबाट सांसदका प्रत्यासी थिए। उनकी पत्नी योगमाया माओवादी राज्य समितिकी सदस्यसम्म भएकी थिइन्। [२]

प्रतिनिधि सभा २०७९[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)[३]का उम्मेदवार टोपबहादुर रायमाझी अर्घाखाँची जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ४२,६७५[४]मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस) उम्मेदवार पुष्पा भुसाल (गौतम)ले ४०,९४५ मत प्राप्त गरेका थिए।[५]

विवाद[सम्पादन गर्नुहोस्]

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको भनिएको नेपालको एक चर्चित संगठित अपराधको अभियोगमा रायमाझी विवादित भएका छन् । नेपाल प्रहरीले उनलाई २०८० वैशाख ३१ गते पक्राउ गरी उनीमाथि अनुसन्धान अघि बढाएको थियो । २०८० असार १ गते काठमाडौं जिल्ला अदालतले उनलाई यसै प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनी थुनामै रहेका छन् । यस प्रकरणमा पक्राउ पर्ने रायमाझी नै सर्वाधिक उच्च पदस्थ अर्थात् पूर्वउपप्रधानमन्त्री हुन् । उनका छोरा सन्दीप रायमाझी पनि पक्राउ परी थुनामा रहेका छन् । उनीहरुमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको अभियोगमा मुद्दा चलाइएको छ । यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३० जनालाई प्रतिवादी बनाइएको छ । [६][७]

सन्दर्भ[सम्पादन गर्नुहोस्]