टोप बहादुर रायमाझी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

अर्घाखाँची १ बाट माओवादीको तर्फबाट सभासद् चुनिनुभएका टोपबहादुर रायमाझी 'अनिल' माओवादी सचिवालय सदस्य एवं मधेस इन्चार्ज हुनुहुन्छ। ०३६ देखि राजनीतिमा लाग्नुभएका अनिल ०४६मा छैठौंको अध्यक्ष, वाइसीएलको संस्थापक संयोजकसमेत हुनुहुन्छ। ०४७मा बाबुराम भट्टराईसहित पार्टी एकता गर्दा उहाँ पनि आउनुभएको थियो। उहाँ ०५४ माओवादीको पोलिटब्युरो सदस्य हुनुभयो। उहाँ प्रवासमा दुई चोटि इन्चार्ज हुनुभयो भने संकटकालमा पश्चिमाञ्चल इन्चार्ज हुनुहुन्थ्यो।

विरोधीका आँखामा पनि नबिझाउने मृदु भाषी र राजनीतिमै जीवनका याम गुजारेकाले आफूलाई जिताएको बताउनुहुने अनिलका राज्यको पुनर्संरचनाको बारेमा माओवादीले अघि सारेका एजेण्डा नै आफूले संविधानमा सुनिश्चित गर्ने एजेण्डा हुन्। बीएस्सीसम्मको औपचारिक शिक्षा लिनुभएका अनिल तेकान्डोका ब्ल्याक बेल्ट पनि हुनुहुन्छ। अर्घाखाँची २ खाँडामा ४६ वर्षअघि जन्मनुभएका अनिल २०४८मा पनि संयुक्त जनमोर्चाको तर्फबाट प्रत्यासी हुनुहुन्थ्यो। वहाँका परिवारका सदस्य पनि माओवादीका पूर्णकालीन हुनुहुन्छ। उहाँकी श्रीमती योगमाया पनि माओवादी राज्य समितिकी सदस्य हुनुहुन्छ। [१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा